www.deltrox.com
नयाँ
कुरा

पृथ्वीनारायण शाहको शालिकमा १०८ मिटर लामो माला चढाइयो

शिव सेनाले निकाल्यो बग्गीसहितकाे जुलुस

प्रकाशित मिति : २०७३ पौष २७ बुधबार, २०६१ पटक हेरिएको

तस्वीर : रासस

काठमाडौं ।  शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित शालिकमा १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालले बुधबार २५५ औँ जन्मजयन्ती मनाएको हो ।

विभिन्न संघ संस्थाका प्रतिनिधिले समेत शालिकमा फूल गुच्छा चढाएर पृथ्वीनाराणको योगदानबारे चर्चा गरे । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो । यस समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए ।

समाजका संस्थापक अध्यक्ष डा.उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको देशमा बस्ने नेपालीले पृथ्वीनारायणलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताए । राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै पृथ्वीनारायणको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए । शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता जनाए । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु हो भने । रासस

Image may contain: 4 people, people walking, people standing, crowd and outdoor

Image may contain: 9 people, people smiling, crowd and outdoor

Image may contain: 4 people, beard and outdoor

सम्बन्धित समाचार

Scroll To Top