arrow

स्वदेशी फूलको गहन अध्ययन सुरु, जोड फुल्ने समय, अवधि र प्रकारमा

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
godagawar.jpeg
ललितपुर । गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वदेशी, स्वभनीय ( सजावटका) फूलको अध्ययन÷अनुसन्धान सुरु भएको छ । 
 
स्वदेशी जातका फूल फुल्ने समय, अवधि, प्रकार लगायतका विषयमा अध्ययन भइरहेको उद्यानका प्रमुख दीपक लामिछानेले बताए । 
 
विदेशी फूल प्रतिस्थापन गरेर स्वदेशी फूलको प्रवद्र्धन गर्नेसमेत अध्ययनको उद्देश्य छ । उनले भने, “हामीले विभिन्न जातका स्वदेशी फूलको जीवन चक्रको अध्ययन गरिरहेका छौँ ।” 
 
स्वदेशी फूलको अध्ययनका क्रममा अहिले उद्यानमा खिरौला, नेपाली लिली, दमाईं फूल, ग्राउन्ड अर्किड लगायतको अध्ययन भइरहेको छ । 
 
फूलको पात, फूल, हाँगा बीउ लगायतका भागको समेत अध्ययन भइरहेको छ । यी फूलको सम्भावना देखिएमा तिनलाई नर्सरीमा लगाउन पुष्प व्यवसायीलाई सल्लाह दिने उद्यानको योजना छ । 
 
उनले भने, “हामीले गरेको अध्ययनबाट पुष्प व्यवसायीले सिकेर आफ्नो नर्सरीसम्म लगाउन सक्छन् ।” 
 
अध्ययन÷अनुसन्धानका लागि वनस्पतिविद् र विद्यार्थीसमेत उद्यानमा आइरहेका छन् । नेपाली मात्रै नभएर विदेशी आगन्तुकसमेत वनस्पतिको अध्ययनका लागि आउने गर्छन् ।
 
उद्यानले विगतदेखि नै वनस्पतिको विभिन्न अध्ययन गर्दै आएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ