arrow

मिडिया कप : रेडियो नेपाल सेमिफाइनलमा

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
media-cup.jpeg

काठमाडौं । रेडियो नेपाल आठौं मिडिया कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘बी’ को लिगमा रेडियो नेपालले अन्नपूर्ण पोष्टसंग गोलरहित बराबरी खेल्यो । तीन टिम रहेका यो समूहबाट रेडियो नेपाल गोलअन्तरका आधारमा सेमिफाइनल पुगेको हो ।

यो समूहबाट इमेज च्यानल विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । यसअघिको लिग खेलमा इमेजले अन्नपूर्णलाई ३–० तथा रेडियो नेपाललाई ४–२ गोलले हराएको थियो । अन्नपूर्णका गोलरक्षक सरोज वैजु ‘म्यान अफ द म्याच’ चुनिए ।

शुक्रबार समूह ‘ए’ को लिग खेलमा एपी वान टेलिभिजनले नेपाल टेलिभिजन (एनटीभी) विरुद्ध खेल्नेछ भने डेफेन्डिङ च्याम्पियन कान्तिपुर मिडिया ग्रुपले एभिन्युज विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ