arrow

‘डन’ दिपक मनाङ्गे राप्रपा प्रवेश, मनाङ मर्स्याङदीका पूर्व अध्यक्ष गुरुङ पनि राप्रपा छिरे

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
Deepak-Manange.jpeg

काठमाडौं । राप्रपा नेपालले पार्टीमा कलाकार भित्र्याएको चर्चा सेलाउन नपाउँदै कुनै समय गुन्डा नाइके भनेर चिनिएका ‘डन’ राजिब गुरुङ (दिपक मनाङ्गे)लाई टिका लगाएर भित्र्याएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा मनाङ्गेलाई राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा, कार्यकारी अध्यक्ष कमल थापा, बरिष्ठ नेता प्रकाशचन्द्र लोहनी लगायतले पालै पालो टिका लगाइदिई औपचारिक रुपमा पार्टीमा भित्र्याए । पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले भने, ‘उनी सहित १ सय ६० बढी पार्टी प्रवेश गरेका छन् ।’

प्रहरीले गुण्डा नाइके भनेर पटक–पटक पक्राउ गर्दै छाड्ने गरेको छ । आपराधिक गतिविधि गर्दै अकुत सम्पत्ति कमाएको अभियोगमा मनाङ्गेविरुद्ध विशेष अदालतमा दर्ता भएको मुद्दा अझै विचाराधिन छ । यस्तै, दशैं अघि मात्रै पक्राउ परेका मनाङ्गे केही महिना जेल बसे । अपहरण तथा शरीरिक बन्धन मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएपछि मनाङ्गे अहिले प्रहरी घेरा बाहीर छन् ।

मनाङ मर्स्याङदीका पूर्व अध्यक्ष गुरुङ पनि राप्रपा प्रवेश
ए डिभिजन क्लब मनाङ मर्स्याङदीका पूर्व अध्यक्ष जिमी गुरुङपनि राप्रपामा प्रवेश गरेका छन् । गुरुङ पार्टी प्रवेश गरेको राप्रपा सहप्रवक्ता श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ