arrow

वेडको गज्जबको प्रदर्शन, सय बलमा सय रन !

पाकिस्तानविरुद्धको पहिलो एक दिवसीयमा अष्ट्रेलिया ९२ रनले विजयी

logo
प्रकाशित २०७३ पुष २९ शुक्रबार
AUST-win.jpeg

ब्रिसबेन । विकेट किपर म्याथ्यू वेडको शतकीय मद्दतले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया ९२ रनले विजयी भएको छ । वेडले सातौं विकेटका लागि अविजित सय रन बनाए । २ छक्का र ७ चौका हिर्काएका उनले सय बल खर्चेर सय रन बनाए ।  

ब्रिसबेनमा भएको पहिलो एक दिवसीयमा टस जितेर पहिले व्याटिङ गरेको अष्टे«लियाले दिएको २ सय ६९ रनको चुनौती पछ्याएको पाहुना टोली पाकिस्तान ४२ ओभर ४ बलमा अलाउट हुँदै १ सय ७६ रनमै समेटियो । पाकिस्तानका लागि बाबर अजामले ३३ रन बनाए ।

इमाद वसीमले २९ तथा कप्तान हजहर अलीले २४ रन जोडे । पाकिस्तानको बलिङ कजोर पार्न जेम्स फल्कनर एक्लैले १ मेडन राख्दै चार विकेट चट्काए । यस्तै, पाट कुमिनिजले ३ तथा मिचेल स्टार्चले २ विकेट लिए ।

पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल ले ६० र ट्राभिस हेडले ३९ रन बनाए । योसँगै अष्टे«लियाले पाँच खेलको एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । –एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ