arrow

फेरि चर्कियो अमेरिका-चीन विवाद : चीनले दियो युद्धको धम्की

logo
प्रकाशित २०७३ माघ १ शनिबार
America-US-China.jpeg
काठमाडौं । अमेरिकामा नवनिर्वाचितको रुपमा राष्ट्रपति गोनाल्ड ट्रम्प आएसँगै अमेरिका र चीनबीचको सम्बन्धमा थप तिक्तता बढेको छ । पछिल्लो पटक दक्षिण चीन सागरको स्वामित्वको विषयमा यी दुई मुलुकहरुबीच विवाद बढेको हो । चीनको सरकारी स्वामित्वको अनलाईन ग्लोबल टाईम्सले आफ्नो सम्पादकीयमा नै अमेरिकाले दक्षिण चीन सागरमा चीनको स्वामित्व अन्त्य गर्न चाह्यो भने त्यसको मूल्य महंगो पर्ने चेतावनी दिएको हो । 
 
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका विदेशमन्त्री रेक्स टिलरसनको भनाईको जवाफ स्वरुप उसले आफ्नो सम्पादकीयमा यस्तो चेतावनी दिएको हो । अखबारका रेक्स टेलरसनले शुक्रबार लेखेको सम्पादकीयमा लेखेको छ दक्षिणी चीनको सागरमा रहेको परमाणु हतियार अमेरिका आफैंले आफू खुशी लगेको हो त अब फेरि किन हतियारको विषयमा अमेरिकाले किन निहुँ खोजी रहेको छ ? अखवारले चीन प्रति आफ्नो रबैयापन बढाएर टिलरसनले आफ्नो नियुक्तिको सम्भावना बलियो बनाउन चाहेको दाबी पनि गरेको छ । 
 
के भनेका थिए टिलरसनले ? 
बुधबार अमेरिकाको सिनेटको समिति सामु टिलरसनले दक्षिण चीन सागरमा चीनको गतिबिधिले चिन्ता पैदा गरेको भन्दै यस इलाकामा टापू निर्माणको क्रम बन्द गर्न अथवा अन्य कृतिम संरचना खाली गराउने बताएका थिए । उनले ताइवानसँग चीनले मजबूत बनाउनुपर्ने तर्क गर्दै एक् चीन नीतिको समेत विरोध गरेका थिए । 
 
विवाद केका कारण ?
प्राकृतिक सम्पदा तथा उर्जा स्रोतले सम्पन्न  दक्षिण चीन सागरबाट अहिले करिब ५ हजार ८लर बराबरको कारोबार हुने गरेको छ । चीन यस क्षेत्रमा पुरै आफ्नो अधिकारको दावा गर्दै आएको छ । चीनले यस क्षेत्रमा कृतिम व्यापारिक टापु निर्माण गरेको छ । फिलिपिन्स मलेसिया, ताइवान, भियतनाम, ब्रुनाई लगायतका मुलुकहरुले पनि यस क्षेत्रमा भिन्दा भिन्दै ठाउँमा आफ्नो स्वामित्व दाबी गर्दै आएको छ । गत वर्ष मात्रै यस स्थानमा अन्तराष्टिय अदालतले चीनको स्वामित्व खारेज गरेको अमेरिकी सञ्चारमाध्यमहरुले बताउने गरेका छन् । 
 
चीनले अन्तराष्टिय अदालतको आदेश पालना गर्नु पर्ने भन्दै यस विषयमा अमेरिकाले टाउको दुखाउने गरेको छ । यही आदेशपछि अमेरिकाले उक्त टापुमा अमेरिकाको वायुसेना तथा जल सेनाको विमान समेत लगेर राख्ने गरेको छ । तर यस विषयमा चीनले भने आपत्ति जनाउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ