arrow

स्वास्थ्य रहन खेलमैदान आवश्यक : नेता श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ माघ १ शनिबार
gopal-man.jpeg
स्याङ्जा ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले नागरिक स्वास्थ्य रहन खेलमैदान आवश्यक रहेको बताएका छन् । श्रेष्ठले विरामी भएर उपचार गराउने अस्पताल निमार्ण गर्नु भन्दा स्वास्थ्य रहन सकिने खेल खेल्ने कर्भडहल निर्माण गर्नुपर्ने बताए ।  पुतलीबजार नगरपालिका–१ स्थित मालेबगर खेलमैदानमा निर्माण हुन लागेको कर्भडहलको शिलन्यास गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन । २ करोड ८ लाख लागत रहेको कर्भडहल ८ हजार १ सय वर्गफिटमा निर्माणका लागि श्रेष्ठले शिलन्यास गरेका हुन् ।  
 
पूव मन्त्री एवम् सांसद समेत रहेका श्रेष्ठले कर्भडहलको निर्माणमा सवै लाग्नु पर्ने बताए । मालेबगर खेलमैदान आसपासमा देशकै नमुना झोलुङ्गे पुल, क्याम्पस, कर्भडहल र बगैचा निर्माणले त्यस स्थानको भविष्य उच्च रहेका उनले बताए । ठांउ ठांउमा कर्भडहल नहुदा अधिकांश युवाहरु दुरव्यसनीमा फस्न बाध्य रहेको औल्याउदै नेता श्रेष्ठले स्याङ्जाका तिनओटै क्षेत्रमा कर्भडहल निमाण गर्नुपर्ने बताए ।  
 
नेपाली कांग्रेसका पूर्व उपसभापति समेत रहेका श्रेष्ठले संविधान घोषणा भैसकेको र संविधानको कार्यन्वयन प्रकृयामा रहेको हुदा“ सवै दलहरु मिलेर जानु पर्ने बताए । संविधानले दिएको सिमा भित्रै तिनतहको निर्वाचन गर्नुपर्ने धारणा राख्दै सबै दलहरु अव निर्वाचन तर्फ लाग्नु पर्ने धारणा व्यक्त गरे । जिल्लाको विकास गर्न आफु सधै तयार रहेका उनले जानकारी दिए । 
 
कार्यक्रममा स्थानीय विकास अधिकारी महेश भट्टराईले स्थानीय राजनैतिक दल, समाजसवी र सरोकारवाला निकायहरु एक जुटभएमा कर्भडहलको निर्माण छिटो हुने बताए । विकास प्रेमी समेत रहेका भट्टराईले स्याङ्जाको विकासका लागी आफुले धेरै प्रयास गरेको बताए । 
 
कार्यक्रममा पुतलीबजार नगरपालिकाका कार्यकारी अधिकृत लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका कृष्ण अर्याल, नेकपा एमालेका सुधिर पौडेल, समाजसेवी नारायण मरासीनी, एमाओवादीका पारस शर्मा, नया“ शक्तिका पोमनारायण अर्याल, बेदप्रसाद दोरङ्गा, ओमबहादृुर खड्का, दिपक लम्साल र नबराज सुवेदी लगायतका बक्ताहरुले स्याङ्जामा बन्न लागेको कर्भडहल जिल्लाको पहिचानका रुपमा रहने बताएका थिए ।  
 
कर्भडहल निर्माण समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महादेव श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य डोलबहादुर मल्ले गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ