arrow

श्रीलंकामाथि दक्षिण अफ्रिकाको क्लिनस्वीप

तेस्रो टेष्ट क्रिकेटमा एक इनिङ र ११८ रनले विजयी

logo
प्रकाशित २०७३ माघ १ शनिबार
SA.jpeg
जोहानेसवर्ग । श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा एक इनिङ र ११८ रनले विजयी हुँदै श्रृंखलामाथि क्लिनस्वीप गरेको छ । जोहानेसवर्गमा भएको खेलमा पहिले ब्याटिङ गर्दै ४२६ रन बनायो । 
 
जेपी डुमिनीले १५५ तथा हसिम अम्लाले १३४ रन बनाए । जवाफमा श्रीलंका १३१ रनमा अलआउट भयो । 
 
भेर्नन फिलान्डर र कागिसो राबाडाले ३–३ विकेट लिए । फलोअन जोगाउन नसकेपछि फेरि ब्याटिङमा उत्रिएको श्रीलंका दोस्रो इनिङमा पनि १७७ रनमै अलआउट भयो ।
 
वाइने पार्नेलले ४ तथा दुवाने ओलिभियरले ३ विकेट लिए । 
 
डुमिनी म्यान अफ द म्याच भए । त्यस्तै डिन एल्गार म्यान अफ द सिरिज भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ