arrow

इङलिश प्रिमियर लिगमा टोटनह्याम र आर्सनलको आकर्षक जित

logo
प्रकाशित २०७३ माघ १ शनिबार
tottenham.jpeg
लण्डन । इङलिश प्रिमियर लिग फुटबलमा टोटनह्याम र आर्सनलले शानदार जित हासिल गरेको छ । टोटनह्यामले घरेलु मैदानमा वेष्टब्रोमविचलाई ४–० ले हरायो ।
 
टोटनह्यामको जितमा ह्यारी कानेको ह्याट्रिक सामेल थियो । त्यसैगरी वेष्टब्रोमका ग्यारेथ म्याकऔलेले आत्मघाती गोल गरे ।  यो जितसंगै टोटनह्याम लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ ।
 
२१ खेलमा ४५ अंक बटुल्दै टोटनह्याम दोस्रो स्थानमा रहेको हो । त्यस्तै २१ औं खेलमा स्वान्सी सिटीलाई ४–० ले नै हराएको आर्सनल ४४ अंकसहित तेस्रो स्थानमा पुगेको छ ।
 
आर्सनललाई जिताउन आर्सनलका ओलिभर जिरोड र अलेक्सिस सान्चेजले एक एक गोल गरे । तर स्वान्सीका खेलाडीहरु ज्याक कोर्क र काइल नाउटनले आत्मघाती गोल गरेपछि आर्सनल तेस्रो स्थानमा पुगेको हो ।
 
अन्य खेलमा बर्नलेले साउथह्याम्पटनलाई १–० ले, हल सिटीले बर्नमाउथलाई ३–१ ले, स्टोक सिटीले सन्डरल्याण्डलाई ३–१ ले तथा वेष्टह्यामले क्रिष्टललाई ३–० ले हरायो । वाट्फोर्ड र मिडिल्सब्रोले गोलरहित बराबरी खेले । 
 
The England international opened the scoring from close range after being played through on goal by Christian Eriksen
Kane turns away in celebration after breaking the deadlock at White Hart Lane just 12 minutes into the Premier League clash
Christian Eriksen also had a hand in Tottenham's second after seeing his shot deflect in off West Brom's Gareth McAuley
West Brom goalkeeper Ben Foster watches on helplessly as Eriksen's speculative shot is deflected in off McAuley
The Denmark international is joined in his celebrations by Danny Rose as Ben Foster pounds the turf in frustration
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ