arrow

भारतको पटनामा डुंगा पल्टिंदा २१ जनाको मृत्यु, २० यात्रु बेपत्ता

logo
प्रकाशित २०७३ माघ २ आइतबार
patana.jpeg
पटना । भारतको पटनास्थित एनआइटी घाट नजिक शनिबार साँझ डुंगा डुब्दा अहिलेसम्म २१ जनाको शव निकालिएको छ । दुर्घटनामा अझै २० यात्रु बेपत्ता भएको बताइएको छ । मकर सक्रान्तिको अवसरमा देखाइने चंगा उडाउने मेलाबाट फर्कदै गरेका दर्शक बोकेको डुंगा नदीमा पल्टिदा उक्त दुर्घटना भएको हो । 
 
मृत्यु हुनेमा धेरैजसो महिला तथा बालबालिका रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । नदी किनाराबाट जम्मा ३० फिटको दूरीमै डुंगा डुबेको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ । 
 
चंगा उत्सवका बेलामा दिउँसो त्यहाँको स्थिति निकै नै खचाखच थियो । त्यसैले गर्दा अधिक यात्रु भएका कारण सो दुर्घटना भएको बताइएको छ । 
 
उत्सव सकिनासाथ फर्किन चाहने धेरै भएकाले यो घटना भएको स्थानीय प्रंशासनले जनाएको छ । डुंगामा कति जना सवार थिए भन्ने यकिन हुन सकेको छैन । 
 
कति जनाले पौडेर ज्यान जोगाए भन्नेसमेत पत्तो लागेको छैन । त्यसैगरी बेपत्ताको खोजी जारी रहे पनि मृतकको संख्या भने बढ्ने देखिएको छ । 
ganga river boat accident
ganga river boat accident
ganga river boat accident



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ