arrow

बस दुर्घटनामा दुई जनाको मृत्यु, २० घाइते

logo
प्रकाशित २०७३ माघ २ आइतबार
accident-final.jpeg
रामपुर । शनिबार राति पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 
 
दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ । 
 
उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । 
 
बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ । 
 
बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना४ख ९२१८ नंको गाडी राति १०ः४५ बजे दुर्घटना भएको हो । 
 
बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ