arrow

प्रचार प्रसार र संरक्षणको अभावमा पानावा झरना ओझेलमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ २ आइतबार
waterfall-beauty-lets-explore-lets-get-lost.jpeg
पाँचथर । उत्तरी पाँचथरको मेमेङ ३ र ४ को संगमस्थलमा रहेको पानावा झरना ओझेलमा परेको छ । जिल्लाकै सबैभन्दा लामो र आकर्षक मानिएको यो झरनाको प्रर्याप्त प्रचार–प्रसार र प्रबर्र्दनात्मक कार्य हुन नसक्दा ओझेलमा परेको हो ।
 
३ सय ३५ मिटर अग्लो तेह्रथुमको ह्यात्लुङ झरनालाई दक्षिण एसियाकै सबैभन्दा लामो हो भन्ने विश्वास रहेको छ । बाहै्रमास सङ्लो पानी खसिरहने यो झरनाको शिरमा गुप्तेश्वर किरातेश्वर मन्दिर छ । प्राकृतिक सुन्दरतासंगै धार्मिक र ऐतिहासिक रुपले समेत महत्वपूर्ण मानिने यो झरनाको पर्याप्त प्रसार–प्रसार र पूर्वाधार विकासमा ठोस काम अघि बढे पानावा झरना जिल्लाको सुन्दर र आकर्षक पर्यटकीय गन्तब्य बन्ने स्थानीय रोशन थाम्सुहाङ बताउँछन् ।
 
सदरमुकाम फिदिमबाट मेची राजमार्ग हुँदै पाँचथरको जोरपोखरीदेखि एकतिनतर्फ जाने कच्चि बाटो भएर करीब पाँच घण्टाको यात्रापछि पानावा झरना पुग्न सकिन्छ । झरनाको पानी बाह्रैमास सङ्लो र स्वच्छ बग्ने भएकोले यहाँ पुगेर स्नान गरे पापबाट छुट्कारा पाइने धार्मिक विश्वास रहेको स्थानीय बताउँछन् । 
 
विषेश गरी भदौदेखि मंसीर महिनासम्म झरनाको दृष्य अन्यन्तै आकर्षक देखिने मेमेङ–२ का मनु केरुङ बताउँछन् । झरना आसपासमा गुप्तेश्वर किरातेश्वर मन्दिरसंगै पस्तके लुङ, डमरु ढुङ्गा, काली ओढार, छातेढुङ्गा जस्ता धार्मिक एवं ऐतिहासिक स्थलहरु रहेकोले यो स्थललाई जिल्लाको धार्मिक गन्तब्यस्थलको रुपमा बिकास गर्न सकिने स्थानीय बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ