arrow

दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तानद्वारा अष्ट्रेलिया पराजित

logo
प्रकाशित २०७३ माघ २ आइतबार
Pak_Aus_odi.jpeg
मेलबर्न। दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै ५ खेलको श्रृखंला १-१को स्थितीमा पुर्‍याएको छ। 
 
टस जितेर पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले ४८.२ ओभरमा सबै विकेट गुामउँदै २२० रन बनाएको थियो। अष्ट्रेलियाकाालगि  कप्तान स्टिव स्मिथले सार्वाधिक ६० रनको योगदान दिएका थिए भने विकेटकीपर ब्याट्सम्यान म्याथ्यु वेडले ३५ रनको योगदान दिएका थीए। 
 
पाकिस्तानले अष्ट्रेलियालाई कम रनमा समेट्न कसिलो बलिङ गरेको थियो। पाकिस्तानकालागि मोहम्मद आमिरले ३ विकेट लिएका थिए। त्यसैगरिजुनैद खान र ईमाद वसिमले २-२ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको पाकिस्तानले ४७.४ ओभरमा ४ विकेट गुामउँदै २२१ रन बनाएको थियो। पाकसि्तानकालागि मोहम्मद हाफिजले ७२ रन बनाएका थिए। त्यसैगरि सोहेब मलिकले आउट नभई ४२ रन बनाएका थिए भने बाबर आजमले ३४ रनको योगदान दिएका थिए। 
 
अष्ट्रेलियाको बलिङ आक्रमणलाई पाकिस्तानले सजिलै खेलेको थियो। अष्ट्रेलियाकालागि मिचेल स्टार्क र जेम्स फकनरले २-२ विेकट लिएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ