एजेन्सी । करिना कपूर खानलाई रणबीर कपूरको विवाहको निकै चिन्ता लाग्ने गरेको छ । केहि बर्ष पहिले कारण जोहरको शोमा कट्रिनालाई बुहारी भनेकि करिनाले अहिले सोनम कपुरलाई भन्न थालेकी छन् ।
चलचित्र 'वीरे दी वेडिंग'मासँगै काम गर्न लागेका करिना र सोनम, पिछल्लो समय करणको शो 'कफी विथ करण' मा सुटिङमा गएका छन् । भारतिय संचार माध्यमका अनुसार करिनाले उनलाई र उनको दिदि करिश्मालाई सोनम निकै मन पर्ने बताएकी छन् । साथै सोनम बुहारी बने राम्रो लाग्ने सुझाब दिइन् ।
शोको क्रममा करण जोहरले सोनमलाई रणबीरसँग डेटिंग जाने बारेमा प्रश्न गरेका थिए । प्रश्नको उत्तर दिदै सोनमले उनि र रणबीर राम्रो साथि बन्न सक्ने तर उनले रणबीरलाई खुशि राख्न सक्ने कुरामा भने भरोसा नभएको बताइन् ।
शोमा करिना र करिश्माले सोनमलाई फकाउन खोजे पनि उनि तयार देखिनन् । रणबीर र सोनम,चाडै एउटा चलचित्रको सुटिंग गर्दैछन् । दुबैलाई राजकुमार हिरानीले संजयको बायोपिकमा साइन गरेका छन् ।