arrow

अष्ट्रेलियन ओपन टेनिस सुरु, घुँडाको चोटले थलिएका फेडेररको विजयी सुरुवात

logo
प्रकाशित २०७३ माघ ४ मंगलबार
news-Fefarer.jpeg

मेलबर्न । अष्ट्रेलियन ओपन टेनिस सुरु भएको छ । अष्ट्रेलियन ओपनको आरम्भ  नै वर्षको ग्रान्ड स्लाम टेनिसको सुरुवात हो । अष्ट्रेलियाको मेलबर्नमा सुरु भएको अष्ट्रेलियन ओपनको पहिलो चरणमा शीर्ष खेलाडीहरुले सहज जित दर्ता गरेका छन् । घुँडाको चोटले ६ महिना टेनिस कोर्टमा नदेखिएका स्वीस खेलाडी रोजर फेडेररले चार सेटको जित निकालेका छन् ।

चार पटकका विजेता फेडेरर फेडेररले पहिलो चरणको खेलमा अष्ट्रेयन खेलाडी यर्गेन मेल्जरलाई ७–५, ३–६, ६–२ र ६–२ को सेटमा हराए । १७ औं वरियताका फेडेरर लामो समय पछि ग्रान्ड स्लाम टेनिसमा फर्किएका हुन् । स्पेनिस खेलाडी रफाइल नदाल अर्जेन्टाइनी खेलाडी लियोनार्दो मेयरलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो चरणमा पुगेका छन् । उनले मेयरविरुद्ध ६–३,६–४ र ६–४ को जित निकाले ।

यस्तै, स्वीस खेलाडी स्टानिस्लास वावरिन्का, जाप्नीज् खेलाडी केई निशिकोरी, ब्रिटिश खेलाडी एण्डी मरे, क्रोएसियन खेलाडी मारिन सिलिच र फ्रेन्च खेलाडी जो विल्फ्रेड सोङ्गा दोस्रो चरणमा पुगेका छन् ।

महिलातर्फ अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्सकी दिदी भेनस युक्रेनी खेलाडी कोज्लोभालाई ७–६ र ७–५ ले हराउँदै दोस्रो चरणमा पगिन् । यसैगरी, रुसी खेलाडी स्वेतलाना कुज्नेत्सोभा, स्पेनिस खेलाडी गार्बिने मुगुरुजा र सर्बियन खेलाडी यलिना याङकोभिच पनि अघिल्लो चरण पुगेका छन् । -एजेन्सीकाे सहयाेगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ