arrow

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

असोजमा ८४ र पुसमा ५३ शव गाडियो

logo
प्रकाशित २०७३ माघ ५ बुधबार
kankal.jpeg
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ ।
 
फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन् । ६ महिनायता सनाखत हुन नसकेकका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गाडिएका छन् । शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्गन्धितसमेत हुने गरेको छ ।
 
सरकारले छुट्टै जग्गाको व्यवस्था नगर्दा सनाखत नभएका शव अस्पताल परिसरको खालि जग्गामा गाडिँदै आएको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रमोदकुमार श्रेष्ठले बताए ।
 
तर, विभागमा परीक्षण गरिएका शव गाड्ने ठाउँ सानो भएकाले समस्या देखिएको छ ।
पछिल्लो समय सनाखत नभएका शवहरूको संख्यामा वृद्धि भइरहेको फरेन्सिक विभागका प्रोफेसर डा हरिहर वस्तीले बताए । 
 
तर, जग्गा अभावमा शव गाड्ने मापदण्ड पूरा नभएको उनको भनाइ छ । आठ आना जग्गामा एकपटकमा ५० शव गाड्न उपयुक्त हुने उनले जानकारी दिए ।
 
‘एकपटक गाडेपछि सदाका लागि त्यस स्थानमा शव गाड्न पाइँदैन । एकले अर्कालाई छुनुहुँदैन,’ प्रोफेसर वस्तीले भने, ‘दुर्भाग्य हामीसँग जग्गा छैन । राज्य बेखबर छ ।
 
हामी बाध्य भएर एकै ठाउँमा शव गाडिरहेका छौँ ।’ अहिले चारदेखि आठ फिट खाल्डो खनेर शव राख्ने र पुर्ने गरिएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ