arrow

अदुवा बिक्रि नहुदा पूर्वी पहाडि जिल्लाका कृषक मर्कोमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ माघ ५ बुधबार
Ginger.jpeg
पाँचथर ।उत्पादन र भण्डारणमा बिषादी तथा रसायन प्रयोग भएको भन्दै पूर्वी पहाडि जिल्लामा उत्पादन भएको अदुवा अहिलेसम्म विक्री नहुँदा कृषकहरु मर्कोमा परेका छन् ।भारतिय पक्षले नेपाली अदुवाको गुणस्तरमा प्रश्न उठाउँदै खरिद गर्न नमाने पछि किसानको नगदे मसाला बाली अदुवाले अहिले सम्म भाउ पाउन नसकेको हो ।
 
मंसिर र पौष अदुवा खनेर धमाधम बिक्रि गर्ने समय हो । गत बर्ष यहि सिजनमा प्रतिकिलो ८० रुपैयाँसम्ममा अदुवा बेचेका किसानलाई ब्यपारिले अहिले प्रतिकिलो १० रुपैयाँ पनि दिन नमानेको किसान महासंघका जिल्ला अध्यक्ष गणेश पोख्रेलले वताए ।उनले भने ,“हल्लाको भरमा भारतीय पक्षले अदुवा नलैजानु अत्यन्तै दुखद हो,यसप्रति हाम्रो सरकारी निकायले समेत यसतर्फ यथाशक्य पहल गरोस् ।”  
 
  किसानले खनेर भण्डारण गरेको अदुवा बिग्रने चिन्ता बढेको छ भने धेरैले नखनिकन त्यतिकै बारिमा छोडेका छन् । पाँचथर सराङडाँडा ५ का कृषक भक्त चौहानले भने,“ गत वर्ष प्रति मन १ हजार ५ सयका दरले विक्री गरेका अदुवा अहिले चार,पाँच सय मनले समेत विक्री भएको छैन्,।”उहाँले थप्नुभयो,“धान खेती समेत गर्न छोडेर अदुवा खेती तर्फ लागियो,अहिले अव न धाननै भयो,न अदुवाको भाउ नै आयो,अदुवा किन्न समेत ब्यापारीहरु आउँदैनन्,।”
 
 यस्तै पाँचथर नाँगिका कृषक चन्द्रमणि वास्कोटाले भन्नुभयो,“अदुवा विक्री हुने मुख्य सिजन भनेको मंसि देखि माघ सम्म हो,तर अहिलेसम्म अदुवा विक्री हुने छाँटकाँट नै छैन् ।” पाँचथर,इलाम,ताप्लेजुङ,तेह्रथुम लगायतका जिल्लामा कृषकहरुले परम्परागत धान खेती छोडेर पछिल्ला समय ब्यवसायिक रुपमै अदुवा खेती गर्न थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ