arrow

कस्तो न्याय ! सिपाही नै छ बर्षदेखि जेलमा

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
jail-.jpg.jpeg
काठमाडौं । हत्या आरोपमा घटनामा संलग्न नै नभएका नेपाली सेनाका सिपाही ६ बर्षदेखि धुलिखेल कारागारमा कैद जीवन बिताइरहेका छन् । हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुँदाहुँदै अनुसन्धानमा संलग्न भएको देखाई सोही आधारमा जिल्ला अदालतले उनलाई कैद सजाय सुनाएको छ ।
 
२०६८ साल माघ ३ गते बनेपा नगरपालिका वडा नम्बर ५ मा सिन्धुली जोरटार गाविस ७ का नेत्रबहादुर पुलामीको हत्या आरोपमा काभ्रेपलान्चोक जिल्ला डाँडागाउँ गाविस वडा नम्बर ८ की १९ बर्षीया फूलकुमारी लामा र कैलाली जिल्ला प्रतापपुर गाविस ४ का २७ बर्षीय निर्मल भन्ने धीरेन्द्र मल्ललाई कारागारमा राखिएको हो ।
 
२०६१ भदौ २० देखि नेपाली सेनामा कार्यरत मल्लको उक्त घटनामा संलग्न नभएको तथ्य र प्रमाणहरुले देखाएको छ । 
 
अदालतमा पेस गरिएका प्रमाणहरुमा घट्ना भएको दिन मल्ल बाग्लुङ जिल्लास्थित भीमगिठ्ठे ठाउँमा कार्यरत थिए । (नेपाल समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ