arrow

क्रिकेट संघको सारा जिम्मा भावनालाई

logo
प्रकाशित २०७२ पुष ६ सोमबार
Bhawana-Ghimire.jpg.jpeg
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल क्रिकेट संघ क्यानको सम्पूर्ण कामको जिम्मा कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको छ । क्यानमा देखिएको आन्तरिक विवाद समाधान नहुँदा सम्म राखेपले सम्पूर्ण जिम्मेवारी सीइओ घिमिरेलाई दिएको भन्दै क्यानलाई पत्राचार गरेको छ । 
 
राखेप सदस्यसचिव केशवकुमार बिष्टले क्यानमा निर्वाचित कार्यसमितिको कार्यकाल सकिएको र हालै भएको भनिएको निर्वाचन वैध नभएको भन्दै दैनिक काम काज रोकिन नदिन तथा तत्काल हुने घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि सञ्चालन रोकिन नदिन अर्को निर्णय नभए सम्मका लागि आइसीसी र एसीसीसँग समन्वय गरेर सीइओलाई जिम्मेवारी दिएको प्रस्ट्याएका छन् । 
 
सदस्यसचिव बिष्टले आइसीसी र एसीसीको सहमतिमा केही दिनभित्रै क्यानको नयाँ नेतृत्वको सम्बन्धमा ठोस निर्णय गर्ने पनि जनाएका छन् । अध्यक्ष टंक आङबुहाङ तथा अन्य पदाधिकारीहरुको असहमती तथा राखेपको स्वीकृती बिना नै क्यानको
एउटा पक्षले केही दिनअघि मात्रै साधारण सभा गर्दै चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्य समिति चयन हुनु पूर्व नै राखेपले साधारण सभा रोक्न भनेको थियो । पछिल्लो समय क्यानमा युवा नेताहरु आउने चर्चा चलेसंगै विभिन्न अड्कलवाजी भएका थिए । यद्यपि, सो बारे तयारी भएपनि विधि प्रक्रिया मिल्न बाँकी छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ