arrow

सूर्तीजन्य पदार्थ बेच्न अब लाईसेन्स चाहिने, छुट्टै पसल नराखे कारबाही

कागजमा सीमित कानुनी व्यवस्थालाई कार्यान्वयनमा ल्याए गगनले

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
Surti.jpeg
काठमाडौ । सूर्तीजन्य पदार्थ विक्री वितरणमा सरकारले नयाँ तर कडा व्यवस्था ल्याएको छ । बिहीबारको मन्त्री परिषद्को बैठकले स्वास्थ्य मन्त्री गगन थापाको प्रस्तावमा गएको यससम्बन्धी व्यवस्था स्वीकृत गरेपछि कानूनमा मात्रै सीमित यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो । 
 
सूर्तीजन्य पदार्थको विक्री वितरणको लागि पनि सरकारसँग लाईसेन्स लिनुपर्ने व्यवस्था पनि बिहीबारको मन्त्रिपरिषद्ले गरेको छ । सूर्तीजन्य पदार्थको विषयमा बिहीबारको मन्त्रिपरिषदेले गरेको निर्णयहरुमा सुर्तीजन्य पदार्थ विक्रिवितरण गर्न छुट्टै पसल हुनुपर्ने,  इज्जाजत लिइसकेपछि छुट्टै पसल राख्नुपर्ने, अन्य पसलमा यस्ता वस्तुहरु राख्न नपाइने,  फागुन मसान्तसम्म इज्जाजत पत्र लिनुपर्ने र यो व्यवस्था चैत १ गतेबाट लागू गरिने रहेका छन् । 
 
त्इस्तै नयाँ व्यवस्था अन्तर्गत् अब १८ वर्ष मुनिका बालबालिका र गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ विक्री वितरण गर्न समेत रोक लगाईएको छ भने यस्ता पदार्थहरु बेच्ने पसलमा बालबालिका तथा गर्भवति महिलालाई राख्न समेत नपाईने भएको छ । यो व्यवस्था केही दिनमा राजपत्रमा प्रकाशित गरिने बताईएको छ । 
 
देशभर यसको अनुगमन गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारीलाई दिईएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई यसको अनुसन्धान निरीक्षकको रुपमा कार्तिक ६ गतेबाटै जिम्मेवारी तोकिसकिएको स्वास्थ्यमन्त्री थापाले जानकारी दिए । यसरी अनुगमन गर्नेक्रममा अनुमति पत्र नलिई यस्ता पदार्थ बेच्ने र छुट्टै पसल नराखी सूर्तीजन्य पदार्थ बेच्नेलाई १० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । 
 
यसको बारेमा नेपालको संविधान र यस अन्तर्गत बनेका कानूनहरुले नेपाल सरकारले चाहेमा लागु गरिने भनिएकामा धारा ११ ९६० स्वास्थ्यमन्त्रीले कार्यान्वयनमा ल्याएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ