arrow

पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना, टिचिङमा उपचार हुँदै

logo
प्रकाशित २०७३ माघ ६ बिहिबार
rambaran-yadav.jpeg

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादव अस्पताल भर्ना भएका छन् । पेटमा खराबी आएपछि पूर्वराष्ट्रपति यादवलाई विहिबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गराइएको हो । बरिब तीन सातादेखि पेट सम्बन्धि समस्या देखिए पछि यादवलाई अस्पतालमा भर्ना गरिएको यादवका एवं काँग्रेस सांसद डा. चन्द्र मोहन यादवले जानकारी दिए ।

७४ वर्ष पुगिसकेका पूर्वराष्ट्रपति यादवलाई त्रिवि शिक्षण अस्पतालको दोस्रो फ्लोर केविन ‘ए–६०१’ मा भर्ना गरिएको छ । डा. यादवको उपचारमा वरिष्ठ ग्याष्ट्रोलोजिस्ट शशी शर्मा, डा. प्रेम खड्का र ढा. राहुल पाठक संलग्न रहेका बताएको छ ।

गएको असोज १ गते डा. यादव पूर्वराष्ट्रपति यादव स्वास्थ्योपचारका लागि अमेरिका  जानु भएको थियो । त्यसअघि भारतमा उपचार गराउँदा यादवको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएपछि यादवले अमेरिका गएर उपचार गराएका थिए ।

उपचारपछि आफु खतरामुक्त भएको भन्दै डा. यादवले अब कुनै समस्या नहुने बताएका थिए । उपचार खर्च उपलब्ध गराएकामा सरकारको चर्को आलोचना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ