arrow

पूर्व राजा स्व. बिरेन्द्र शाह परिवारको सम्पति सार्वजनिक, जग्गा मात्र २३ हजार रोपनी

logo
प्रकाशित २०७३ माघ ७ शुक्रबार
Birendra.png.png
काठमाडौँ। आर्थिक वर्ष २०७३-७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ । 
 
नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ विभिन्न बैंक तथा सङ्घ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ । 
 
नबिल बैंक लिमिटेडमा दुईलाख ५७ हजार ६४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता र इन्ड्रष्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिनुभयो । 
 
यस्तै ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६२६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ । ट्रष्टले पूर्वराजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेला पारेको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ