arrow

फेरि समातियो त्रिभुवन विमानस्थलमा सुन

logo
प्रकाशित २०७३ माघ ८ शनिबार
gold-pure.jpeg.jpeg
काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
 
मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो ।
 
उनले आफूसँग साढे दुइ किलो सुन भएको बताएपनि भन्सार कार्यालयका कर्मचारीले खानतलासी गर्दा एक किलो दुई सय ग्राम मात्र फेला परेको छ ।
 
जाँचक्रममा एक किलो दुई सय ग्राम मात्र भेटिएकाले थप अनुसन्धान भईरहेको भन्सार कार्यालयका एक कर्मचारीले बताएका छन् । (अन्नपुर्ण पोष्ट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ