काठमाडौं । नेपालको नयाँ संविधान बनेपछि सभासद पदबाट राजीनामा दिउका तत्कालिन एकीकृत माओवादी नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको संसद सदस्य परित्यागको राजीनामा पत्र संसद सचिवालयले स्वीकृत गरेको छ ।
सविचालयका सहपव्रक्ता सुदर्शन कुँइकेलका अनुसार उनको राजीनामा आइतबार स्वीकृत गरिउको हो । संवैधानिक संवाद समितिका सभापति समेत रहेका भट्टराईले संविधान जारी भएपछि असन्तुष्ट मधेशीका माग नसमेटेको भन्दै पार्टी परित्यागसागै संसद सदस्यबाट पनि राजीनामा दिएका थिए ।