arrow

गोर्खा ब्रुअरीको दादागिरी : अदालतको अवहेलना गर्दै गैरकानूनी काम

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
gorkha-brewery.jpeg
काठमाडौं । गोर्खा ब्रुअरीले सर्वोच्च अदालतको समेत मानहानी हुनेगरी गैरकानूनी रुपमा काठमाडौं महानगरपालिका क्षेत्र भित्र विज्ञापन गरेको छ । अदालतले कुनैपनि विजुलीको खम्बा, घरको भित्ता लगायतका ठाउँहरुमा विज्ञापन राख्न नपाउने भन्दै गरेको फैसलाको अपमान हुने गरी काठमाडौंको मोर्कोपोलो होटलदेखि जयनेपाल हलसम्मको सडकमा आफ्नो उत्पादन कार्लस् वर्गको विज्ञापन राखेको हो । 
 
मार्कोपोलो होटलदेखि जयनेपाल हलसम्मको क्षेत्रमा गाडिएको सोलार बत्तिमा महानगरपालिकाले दिएको स्वीकृति विपरित गोर्खा बु्रअरीले कार्लस् वर्ग वियरको विज्ञापन हुने गरी राखेको लोगो सर्वोच्च अदातलको २०७२ साल भदौं १६ को आदेश विपरित समेत रहेको छ । उसले अदालतको आदेश मात्रै नभएर काठमाडौं महानगरपालिकाको निर्देशन समेत नमानेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
 
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीस कल्याण श्रेष्ठ तथा न्यायाधीस ओमप्रकाश मिश्रको संयुक्त इजलासले काठमाडौं महानगरपालिकालाई वातावरणीय रुपमा स्वच्छ बनाईराख्नको लागि कुनैपनि पोल, डिभाईडर शहरका घर पर्खाल आदिमा प्रचारमुलक सामग्रीहरु राख्न नदिन तथा त्यस्तो कार्य गर्ने निकायलाई कारबाही समेत गर्न काठमाडौं महानगरपालिकाको नाममा परमादेश गरेको थियो । त्यस्तै, महानगरपालिकाले पनि ब्याट्रीमा राखिने विज्ञापन महानगरपालिकासँग स्वीकृति लिएर मात्रै राख्न निर्देशन दिएको थियो । 
 
तर, गोर्खा ब्रुअरीले सर्वोच्च अदालतको उक्त आदेशको समेत अवहेलना गर्दै मार्कोपोलो होटलदेखि जयनेपाल हलसम्मको सोलार ब्याट्रीमा मदिरा जन्यपदार्थको रुपमा रहेको कार्लस् वर्ग वियरको विज्ञापन राखेको छ । तर, महानगरपालिकाले भने यस विषयमा अझै कुनैपनि प्रतिक्रिया समेत जनाएको छैन । 
 
उता, महानगरपालिकाको भौतिक विकास तथा पूर्वाधार विभागका प्रमुख डा. उत्तर रेग्मीले वियरको लोगो राखेर गैरकानूनी कार्य गरेको गोर्खा ब्रुअरीलाई तत्काल कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने जानकारी दिए । उनले मदिराको विज्ञापन हुने गरी कुनैपनि विज्ञापनजन्य सामग्री तथा संकेत राखिएको भए कारबाही गर्ने बताएका छन् । 
 
उनले महानगरपालिकाले गोर्खा ब्रुअरीको लोगो राख्नको लागि अनुमति दिएको र त्यो पनि महानगरको स्वीकृति लिएर मात्रै राख्न भनिएको भएपनि स्वीकृति नै नलिई मदिराको विज्ञापन राखिएको भेटियो भने तत्कालै गोर्खा ब्रुअरीलाई कारबाही गरिने बताए । 
No automatic alt text available.
 
No automatic alt text available.
 
Image may contain: sky and outdoor
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ