arrow

संविधान संशोधनले सबैको समस्या समाधान हुन्छ : प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ माघ ९ आइतबार
prachanda-tension.jpg.jpeg
लहान । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनले मात्र मधेसी, आदिवासी, जनजाति सबैको समस्या समाधान हुने भएकाले ससंद्मा प्रस्तुत भएको संशोधन प्रस्तावलाई सबै मिलेर पारित गराउनुपर्ने बताएका छन् । 
 
नेकपा (माओवादी केन्द्र)का कार्यालय सदस्य विश्वनाथ साहका आमा सागरदेवी साहको १३ औँ पूण्यतिथिको अवसरमा गोलबजारमा आइतबार आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनले दलित, मधेसी, थारु, आदिवासी जनजातिसहित मधेस, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएकाले शान्ति नचाहनेले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाए। 
 
“देशलाई विभाजित गरेर होइन, एकीकृत पारेर मात्र हामीले विकास र पहिचानका मुद्दालाई दरिलो ढङ्गले उठाउन सक्नेछौँ, मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म गर्न सकिँदैन”–उनले भने, “नेपालको संस्कृति, भूगोल, परम्परा र रहनसहन यसरी एकअर्कासँग गाँसिएको छ कि मधेस, पहाड र हिमाललाई छुट्ट्याएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।” 
 
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मधेस केन्द्रित दलको मुद्दालाई जतिसक्दो चाँडो सम्बोधन गरी सबैलाई निर्वाचनतर्फ लैजाने प्रयास गर्नुपर्ने बताए। यसअघि प्रधानमन्त्री दाहालले आजै कर्जन्हाको वस्तीपुरमा जनयुद्धका क्रममा सहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ता रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गरेका थिए  । 
 
यसैगरी आजै प्रधानमन्त्री दाहालले गोलबजार–३ जम्दहस्थित तेतरियाको पर्यटकीयस्थल कुम्भीखाँडी दह क्षेत्रको मर्मत तथा संरक्षणको शिलान्यास समेत गरे । श्रद्धाञ्जलिसभामा कानुनमन्त्री अजयशङ्कर नायक, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत माओवादी नेताको उपस्थिति रहेको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ