arrow

अफ्रिका कप अफ नेसन्स फुटबल: कंगो र मोरक्को विजयी

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
caf.png
मोरक्को । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा मोरक्को र कंगो विजयी भएका छन् । मंगलबार राति मोरक्कोमै भएको खेलमा घरेलु टोलीले आइभरी कोष्टलाई १–० ले हरायो । मोरक्कोलाई जिताउने क्रममा रचिद अलिओईले ६४ औं मिनेटमा निर्णायक गोल गरे । 
 
समूह सी कै अर्को खेलमा कंगो पनि विजयी भएको छ । कंगोले टोगोलाई ३–१ ले हरायो । टोगोलाई उसकै मैदानमा पराजित गर्ने क्रममा जुनियर काबानांगा, फिरमिन डोम्बे र पल–जोजे पोकुले एक एक गोल गरे । 
 
 
समूह सी मा तीन खेल सकिंदा शीर्ष स्थानको कंगोको ७ अंक छ भने दोस्रो स्थानको मोरक्कोको ६ अंक छ । त्यसैगरी आइभरी कोष्टको २ तथा टोगोको १ अंक छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ