काठमाडौं । चपली हाइटका नायक राज घिमिरेमाथि सांघातिक आक्रमणको प्रयास गर्नेमध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ४ गते र ६ गते लगातार मध्य रातमा उनकै घर गोदावरीमा हतियारधारी समूहले सांघातिक आक्रमणको प्रयास गरेका थिए ।
कामको शिलशिलामा घिमिरे बाहिर रहेका बेला घरका परिवारका सदस्यमाथि आक्रमण गरी उनीहरुले लुटपाट गरेका थिए । हतियारधारी समूहले उनकी आमामाथि आक्रमण गरी गहनासमेत लुटेका थिए । ललितपुर प्रहरी वृत सातदोबाटोमा उजुरी दिएका घिमिरेले प्रहरीसंग आफू र आफ्नो परिवारको जिउधनको सुरक्षाको माग गरेका थिए ।
सो घटना भएको दुई दिनपछि ६ गते पुनः ती आक्रमणकारीहरुले मध्यरातमा आएर ढुंगामुढा गरी गेट, पर्खाल भत्काएका थिए भने झ्यालका सिसाहरु फुटाइदिएका छन् ।
सातदोबाटो प्रहरी वृत्त प्रमुख रामेश्वर यादवका अनुसार घटनामा संलग्नहरुमध्ये विकासध्वज कार्की र र विश्वराज राईलाई गत ७ गते नै पक्राउ गरिएको छ ।
उनीहरुलाई एक होटेलमा घटनाको अर्को योजना बनाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरी थुनामा राखेको प्रहरीले जनाएको छ ।
घटनाको नाइके मानिएका युथफोर्स नगर अध्यक्ष प्रविन थापालगायत भने फरार रहेको प्रहरीले जनाएको छ ।
फरार भएकाको खोजिकार्य जारी रहेकाले छिट्टै नै कारवाहीको दायरामा ल्याइने वृत्त प्रमुख यादवले जानकारी दिए ।
उनले भने – “प्रहरीको अनसन्धान जारी छ ।” तर घटना भएको क्षेत्र गोदावरी नजिक वाणेगाउँ प्रहरीले दोषीको पहिचान गरी कारवाही गर्नुपर्नेमा हालसम्म पनि खोजिकार्य नगरेको र पक्राउ पनि नगरेको स्थानियले बताएका छन् ।
यसरी लगातार आफु र आफ्नो परिवारमाथि आक्रण भईरहदा पनि दोषी भागीरहदा आफु निकै दुःखी भएको घिमिरेले बताए ।
“मैले न्याय पाउनुपर्छ समाजको लागि केहि गर्छु भनेर हिडेको मान्छेलाई राजनितिक आवरण भिरेर हिडेकाहरुले आक्रमण गरे ।”
उनले भने – “राम्रो काम गर्नेलाई यो मुलुकमा स्थान नै छैन , तर एकदिन सत्यको नै जित हुन्छ ।”
नायक घिमिरेका शुभचिन्तकहरुले पनि नायक राजको जिउधनको सुरक्षाको माग गर्दै विभिन्न निकायलाई ध्यानाकर्षण गराएका छन् ।
घिमिरे राजनीतिकर्मी भएका हिसाबले अन्य पार्टीले अगाडि बढ्न नदिने र सिध्याउने उदेश्यले आक्रमणको प्रयास गरेको हुन सक्ने गोदावरीका एक स्थानियले बताए ।
यसअघि पटक पटक आफुलाई मार्ने धम्की समेत दिएको भन्दै प्रहरीमा घिमिरेले सुरक्षाको माग गरेका छन् ।
गोदावारी क्षेत्रमा आफूले गरेको सामाजिक क्रियाकालापका कारण ती व्यक्तिहरुले बर्चश्व गुम्ने भयले स्थानीय पार्टीगत राजनीतिक दलका नेताहरुको प्रभावमा परेर आफूलाई सिध्याउने प्रयास भईरहेको भन्दै उनले दुखेसो पोखे ।
आफु बाँचेसम्म कुनैपनि अन्याय , अत्याचार र शोषण समाजमा हुन दिन्न , घिमिरेले भने –“ म मर्न तयार छु तर सामन्तीका अगाडी झुक्न तयार हुन्न कहिले नि ”।
यसअघि शरिर बन्दक र अपहरणको झुटो मुद्दा लगाई घिमिरेलाई फसाउने असफल प्रयास भएको थियो ।
तर, उनलाई अदालतले निर्दोष सावित गर्दै छाडिदिएको थियो । कलाकारितासंगै समाजसेवा र राजनीतिमा संलग्न घिमिरेले भुकम्पका समयमा पीडितको दुःखमा मह्लम लगाउने काम गरेका थिए ।
घिमिरे गोदावरीका वाईसियल ईञ्चार्ज हुन् । घटना युथफोर्स नगर अध्यक्ष प्रविन थापाको सक्रियतामा पार्टीगत रिसिईविका कारण गराएको स्थानियले बताएका छन् ।
बाह्रर्षे मेलादेखि गोदावरीमा हुने विभिन्न कार्यक्रमहरुमा ती व्यक्तिहरुले पैसा घोटाला गर्न खोज्दा घिमिरेको ईमानदारीदेखि तर्सिएकाहरुले सोही रिसिइबी साँध्य सांघातिक आक्रमण प्रयास गरिएको बताइएको छ ।