arrow

‘रईस’ हेर्न मुटु दरिलो पारेर हल भित्र छिरौ ! (समीक्षा)

‘एन्टी हिरो’ मा सफल शाहरुख उत्तिकै हिट

logo
प्रकाशित २०७३ माघ १२ बुधबार
raeese-sha.jpeg
चलचित्रः रईस
रेटिङः १/२ स्टार
निर्देशकः राहुल ढोलकिया
मुख्य कलाकार: शाहरुख खान, नवाजुद्दीन सिद्दिकी, माहिरा खान, जीशान अयूब
 
मुम्बई  । बलिउडका किंग खान  शाहरुखका पछिल्ला दुई चलचित्र ‘दिलवाले’ र ‘फ्यान’ बक्स अफिसमा धरासयी भएको थियो त्यसैले उनको चलचित्र ‘रईस’ बाट निर्माताहरुले धेरै आशा लिएका छन् । रईसले निर्माताहरुका आशालाई पनि पुरा गर्ने देखिन्छ तर चलचित्रमा कमजोरि भने चाहि रहेको छ ।
 
शाहरुख़ ख़ान रईस पोस्टर
कथा
 
रईसको कथा गुजरातको एक रक्सी माफिया रईसको  हो ।  जसले भारतको ‘ड्राई स्टेट’ गुजरातमा आफ्नो साम्राज्य बनाउँछ र रक्सीको सबैभन्दा ठूलो व्यापारी बन्दछ । तर  रईसको एउटा गल्तीले आफै समस्यामा फस्दछन् र उसको मृत्यु हुन्छ । चलचित्रको कथा यति मात्र छ र चलचित्रका मुख्य पात्र रईस वरिपरि नै घुम्ने गर्दछ ।
 
रईसको भूमिका गुजरातका रक्सी माफिया अब्दुल लतिफको जीवनमा आधारित भएको बताईएको छ तर चलचित्र निर्माता कम्पनीले चलचित्र, कुनै पनि जीवित वा मृत्यु व्यक्तिसँग जोडिएको भन्ने कुरालाई अस्विकार गरेको छ ।
 
रईस में शाहरूख़ खान
अभिनय
 
चलचित्रका मुख्य पात्र हुन् रईस अर्थात् शाहरुख खान जो चलचित्रमा मुख्य भूमिका मात्र नभइ निर्माता पनि हुन् ।  सायद त्यसैले उनले आफ्नो भूमिकामा निकै मेहनत गरेको देखिन्छ । शाहरुख  ‘एन्टी हिरो’ को भूमिकामा सुरुदेखि नै उत्कृष्ट देखिएका छन् चाहे त्यो ‘बाजिगर’, ‘डर’, ‘डन’ वा ‘रईस’ नै किन नहोस् ।
 
शाहरूख़ और माहिरा
 
चलचित्रमा पाकिस्तानी नायिका माहिरा खानले अभिनय गरेकी छन् ।  उनि चलचित्रमा  निकै राम्री देखिएकी छिन् तर उनको अभिनयले कसैलाई पनि प्रभावित भने गर्न सकेन । पाकिस्तानी कलाकारको विषयमा भएको विवाद पछि माहिरालाई यो चलचित्रको प्रचारबाट टाढै राखिएको छ । साथै  निर्माता कम्पनीका अनुसार चलचित्रमा उनको भूमिका पनि कम गरियो ।
 
चलचित्रमा नवाजुद्दिन सिद्दिकीले सानो तर निकै उत्कृष्ट भूमिका निभाएका छन् । उनी जतिपटक र जति समयको लागि स्क्रिनमा आउँछन्, चलचित्रलाई गती दिन्छन् । नवाज एउटा गम्भीर मानसिकतामा रहने आइपीएसको भूमिकामा छन् । चलचित्रमा रईसका मिल्ने साथी सादिकको भूमिकामा अभिनेता जिशान अयूब छन् र उनी चलचित्रमा शाहरुखसँग राम्रो उठबस रहेको छ ।
 
शाहरुख़ ख़ान रईस पोस्टर
छायंकन र निर्देशन
 
चलचित्रको कमजोरी क्यामराको कामलाई मान्न सकिन्छ । क्रोमा प्रविधिबाट बनाइएको कयौ दृश्य ठूलो पर्दामा राम्रो देखिएको छैन । शाहरुख बाहेक अन्य कलाकारको भुमिका निकै हतारमा छायांकन गरिएको जस्तो देखिएको छ । चलचित्रको इडिटिङ पनि केही अनौठो लाग्छ र शाहरुखबाहेक बाँकी सबै कलाकारको भूमिका सिद्धाउने हतारो देखिन्छ । हुन सक्छ यो चलचित्रलाई गती दिनका लागि गरिएको हो ।तर गती दिने चक्करमा चलचित्रमा केही छुटेजस्तो भान हुन्छ । एक्सनका दृश्यहरुमा राहुलले निकै राम्रो काम गरिरहेका छन् ।  एक्सन दृश्यलाई अलि लामो समयसम्म छायांकन गरिएको छ ।
शाहरुख़ ख़ान रईस पोस्टर
 
गीत संगीत
 
चलचित्रको संगीत पनि ठिकै छ ।  अरिजीत सिंह, हर्षदीप कौरले गाएको गीत ‘जालिमा….’  बाहेकका अन्य गीतले तपाईको मन छुन मुसकिल छ । राम–सम्पतको संगीतमा ती कुराहरु छैनन् जुन धैरैजसो शाहरुखको चलचित्रमा आकर्षणको केन्द्रबिन्दु रहेको हुन्छ ।
 
चलचित्रमा सन्नी लियोनमाथि छायांकन गरिएको गीत ‘लैला ओ लैला’ वास्तवमा पुरानो चलचित्र 'कुर्बानी' को गीत हो । त्यसैले गीतको श्रेय राम–सम्पतलाई दिन सकिन्न ।
 
शाहरुख़ ख़ान रईस पोस्टर
 
 
चलचित्र एक वर्ष पहिले तयार भएको थियो । सुरुमा ‘सुल्तान’ सँगै रिलिज हुने भनिएको यो चलचित्र  ऋतिक रोशनको ‘काबिल’ सँग रिलिज भएको छ । माहिरा खानको विषयमा भएको विवादपछि पनि चलचित्रको रिलिजका लागि धेरै मेहनत गर्नुपरेको थियो । चलचित्र शाहरुखका प्रशंसकको लागि हो र यो उनीहरुलाई मनपर्नेछ ।
 
तर यदि तपाईंले यो चलचित्रलाई एक ‘क्राइम थ्रीलर’ को रुपमा सोच्नुभएको छ भने तपाईंलाई यो चलचित्र हेर्न मजा आउनेछैन ।रईसबाट  मनोरञ्जन लिनका लागि  दिमाग घरमा छोडेर साहसका साथ हल जानुहोस् । बीबीसी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ