एजेन्सी ।बलिउड अभिनेता आमिर खानको 'दंगल' २३ डिसेम्बरमा रिलिज भएको हो । चलचित्र रिलिजसँगै कलेक्शनको सिलसिला जारी रहेको छ । नीतेश तिवारीद्वारा निर्देशित चलचित्र 'दंगल'ले अहिले सम्म विदेशमा २००.६५ करोड भारतीय रुपैया (भारु) कमाई गरेको छ ।
दंगलले २२ जनवरीसम्म भारतमा ३८१.०७ करोड भारु कमाइ गरेको थियो । दंगलले विश्वभरबाट ५८१.७२ करोड भारु कमाई गरेको छ । चलचित्रले 'रईस' र 'काबिल' रिलीज सम्ममा कुल ७२१.१४ करोड भारु कमाइ गर्दै चलचित्र सबैभन्दा ज्यादा कमाउने चलचित्रको दोस्रो स्थानमा रहेको छ । सन् २०१४ मा रिलिज भएको आमिरको 'पिके' ७९२ करोड रुपैया सहित सबैभन्दा ज्यादा कमाउने चलचित्रको शिर्ष स्थानमा रहेको छ । 'दंगल' ले 'पिके' लाई जित्न ७० करोड भारतीय रुपैया आवश्यक रहेको देखिन्छ ।
बक्स अफिसमा दुई ठुला चलचित्र रिलिज भएका छन् । अब हेर्न बाकि यो छ कि के दुई ठुला चलचित्र रिलिज पछि पनि दंगलको कमाई जारी रहनेछ ?