arrow

यसरी हुँदैछ प्रधानमन्त्रीको निर्वाचन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1736862952.jpeg
काठमाडौ । नयाँ संविधान जारीपछि पहिलोपटक छानिन लागिएको प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसबाट पूर्व प्रधानमन्त्री सुशिल कोइराला र नेकपा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेद्वारी दिएका छन् ।

केही बेरपछि बस्ने व्यवस्थापिका ससदको बैठकले नयाँ प्रधानमन्त्री चुन्दैछ । त्यसका लागि सचिवालयले कार्यसूची पनि सार्वजनिक गरेको छ । जस अनुसार सभामुख सुवासचन्द्र नेम्बाङले राष्ट्रपति डा। रामबरण यादवले पठाएको व्यहोरा पत्र वाचन गर्नेछन् । त्यसपछि डा। बाबुराम भट्टराईले संसद सदस्यबाट दिएको राजीनामाको पत्र वाचन गर्नेछन् । 

यी दुई पत्र वाचन पछि ओलीले नेपालको संधिवान धारा २९८ को उपधारा ९३० एवं व्यवस्थापिका संसदको अन्तरिम कार्यविधि, २०७२को दफा १९ को उपदफा०३० बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेद्वारीको सूचना प्रस्तुत गर्नेछन र उक्त उम्मेद्वारीको प्रस्ताव प्रचण्ड र समर्थक कमल थापासहित १६ जनाले समर्थन गर्नेछन् ।

 त्यसपछि अर्का उम्मेद्वार कोइरालाले पनि उम्मेद्वारीको सूचना प्रस्तुत गर्दै उत्तः स्रस्तावमा शेरबहादुर देउवाले प्रस्ताव र रामचन्द्र पौडेलले समर्थन गर्नेछन् । यसपछि सूचनाहरुमा केहीबेर छलफल हुनेछ ।

त्यसपछि सभामुखले सबै उम्मेद्वारीका सूचनालाई सभा समक्ष निणयार्थ प्रस्तुत गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ