arrow

टि-२० क्रिकेट: दक्षिण अफ्रिका बिरुद्ध श्रीलंकाको श्रृखंला कब्जा

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
SL_SA_t20.jpeg
एजेन्सी। श्रीलंकाले दक्षिण अफ्रिका बिरुद्ध टि-२० क्रिकेटको श्रृखंला जितेको छ। श्रीलंकाले पहिलो पटक दक्षिण अफ्रिकामा क्रिकेट श्रृखंला जितेको हो। 
 
दक्षिण अफ्रिकाका बिस्फोटक ब्याट्सम्यान एबी डिविलियर्स फिर्ता भएको पहिलो खेलमा पराजय ब्योहोर्नु परेको छ। 
 
टि-२० क्रिकेट श्रृखंलाको अन्तिम खेलमा टस जितेर पहिले ब्याटीङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतीमा १६९ रन बनाएको थियो। अफ्रिकाकालागि एबी डिविलियर्सले ६३ रन बनाएका थिए भने रिजा हेण्डरिक्सले ४१ रनको योगदान दिएका थिए। 
 
जवाफमा ब्याटी, गर्न ओर्लिएको श्रीलंकाले १९.५ ओभरमा  ५ विेकटको नोक्सानीमा १७० रन बानउँदै जित हात पारेको थियो। श्रीलंकाका निरोशन डिकवेलाले सार्वाधिक ६८ रन बनाएका थिए। त्यसैगरि सेकुग्गे प्रसन्नाले १६ बलमा ३७ रन बनाउँदै जित निश्चित गरेका थिए। 
 
अफ्रिकाका बलर ईमरान ताहिरले ४ ओभरमा १८ रन खर्चिंदै ३ विकेट लिए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेका थिएनन्। 
 
श्रृखंलाको पहिलो खेल अफ्रिकाले जितेको थियो भने दोस्रो र तेस्रो श्रीलंकाले हात पारेको थियो। खेलका प्लेयर अफ म्याच र सिरिज दुवै श्रीलंकाका निरोसन डिकवेला घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ