arrow

निर्वाचनको मिति घोषणा २ हप्ता भित्र, पार्टीको पूर्णता १ हप्ता : देउवा

logo
सुरेश श्रेष्ठ,
प्रकाशित २०७३ माघ १३ बिहिबार
deuba-new-dang-pic.jpeg

दाङ । काँग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन घोषणा अब २ हप्ता भित्रै हुने बताएका छन् । प्रेस युनियनले तुलसीपुरमा गरेको पत्रकार भेटघाटमा सभापति देउवाले स्थानीय नियकाको निर्वाचन पहिलो चरणमा गर्ने गरी सकारले मिति घोषणाको तयारी गरेको बताए ।

देउवाले भने, ‘निर्वाचनको मिति घोषणा अघि मधेसी र आदिवासी जनजातिका मुद्धाहरु सम्बोधन हुन्छ । संविधान संशोधन विधेयक पनि पास हुन्छ ।’ संविधान संशोधन संसदबाट पास हुने र पास भए लगतै ३ वटै निकायको निर्वाचन हुने गरी निर्वाचनको मिति घोषणा हुने बताए ।

वर्तमान सरकारले जनजिविका र संविधान कार्यान्वयनको पक्षमा रामै्र काम गरिरहेकाले अहिलेलाई नेतृत्व परिवर्तनको कुनै सोच नभएको बताए ।

देउवाले अबको एक हप्ता भित्रमा पार्टीका पदाधिकारी र विभागलाई पूर्णता दिने बताए । महाधिवशन भएको दुई महिना भित्र पदाधिकारी, केन्द्रीय समिति र विभागलाई पूर्णता दिइसक्नु पर्ने काँग्रेसको संशोधित विधानमा उल्लेख छ ।

यद्यपि, हालसम्म पदाधिकारी, केन्द्रीय समिति र विभागले पूर्णता पाउन सकेको छैन । १२ केन्द्रीय सदस्य बाहेक उपसभापति महामन्त्री र सहमहामन्त्री काँग्रेसले अझै मनोनयन गर्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ