arrow

चीनबाट आयो नेपाल वायु सेवाको नयाँ जहाज

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
RA-ko-new-plane.jpeg

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका लागि सहुलीयतपूर्ण ऋणमा छिमेकी चीनबाट किनेका चारमध्ये एउटा जहाँज काठमाडौं आइपुगेको छ । ५६ सिट क्षमताको मोर्डन आर्क एमए–६० (सिक्स्टी) टर्बोप्रोप इन्जिनयुक्त विमान विहिबार साँझ काठमाडौं आइपुगेको नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले हाम्राकुरालाई जानकारी दिए ।

जहाजको नाम ‘फेवा’ राखिएको छ । नयाँ जहाजको कलसाइन ‘नाइन एन एकेआर’ दिइएको छ । अब निगमसँग आन्तरिक रुटकालागि तीनवटा चिनियाँ जहाज भएका छन् ।

मन्त्री शाहीले भने, ‘अब १९ सिट क्षमताका ३ वटा जहाज आउन बाँकी छन् । एउटा दुई-तीन दिन पछि आउँछ होला । अरु दुईटा पनि क्रमशः आउँछन् ।’ मन्त्री शाहीले भने, ‘सहुलीयतमा ल्याइएपनि ६० प्रतिशत रकम हामीले पहिले तिरिसकेका छौं । विलिङ रेट, इन्सुरेन्स घटेकाले केही समय ढिलाई भएको हो । अब बाँकी रकम पनि तिर्ने प्रक्रियामा गइसक्यो ।’  

यसअघि २०७१ वैशाखमा चीनले नेपाललाई अनुदानमा दिएको ५६ सिट क्षमताको एमए ६० तथा सोही वर्ष कात्तिकमा दुर्गम रूटका लागि भन्दै १६ सिट क्षमताको वाई १२–ई विमान ल्याइएको थियो । कहिले केही मिलेन कहिले केही मिलेन भन्ने झमेलाले ढिलाई भएको हो,–मन्त्री शाहीले भने । सबै प्रक्रिया पूरा भएपछि क्रमशः ल्याउन थालिएको हो ।

विहिबार साँझ ७ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एमए–६० चीनको कुन्मिङ्गबाट ल्याइएको हो । क्षेत्रीय रुटका लागि बनेको  विमानलाई निगमकै चिनियाँ जहाजका प्रशिक्षक पाइलट गोपाल सिंह बिष्ट तथा प्रसन्न राणाले कुन्मिङ्गबाट बंगलादेशको ढाका हुँदै काठमाडौं पुर्‍याएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ