arrow

पाकिस्तान विरुद्धको एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाको कब्जा

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
australia.jpeg
एडलेड । पाकिस्तान विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलामा अष्ट्रेलिया ४–१ ले विजयी भएको छ । एक खेलमात्र पाकिस्तानले जिते पनि त्यसबाहेकका सबै खेलमा अष्ट्रेलियाले शानदार प्रदर्शन गरेको हो ।
 
एडलेड ओभलमा भएको पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलिया ५७ रनले विजयी भयो । अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ३६९ रन बनायो ।
 
ओपनिङ जोडी डेभिड वार्नर र ट्राभिस हेडले पहिलो विकेटका लागि २८४ रनको कीर्तिमानी साझेदारी गरेसंगै अष्ट्रेलियाले विशाल स्कोर खडा गरेको हो । वार्नरले १२८ बलमा १७९ रन बनाए ।
 
त्यस्तै हेडले १३७ बलमा १२८ रन बनाए । जवाफमा पाकिस्तानले ३१२ रनमात्र बनाउँदा ५ बल खेल्न बाँकी छँदै अलआउट भयो ।
 
बबर अजामले १०० तथा दोस्रो विकेटका लागि अजामसंग १३० रनको साझेदारी गर्ने क्रममा शर्जील खानले ७९ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
 
मिचेल स्टार्चले ४ विकेट लिए । वार्नर म्यान अफ दी म्याचका साथै म्यान अफ दी सिरिज भएका छन् ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ