arrow

आर्सनल म्यानेजर विंगरमाथि चार खेल प्रतिवन्ध

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
wenger.jpeg
लण्डन । इङलिश क्लव आर्सनलका म्यानेजर आर्सेन विंगरमाथि चार खेलको प्रतिवन्ध लागेको छ । इङलिश फुटबल एफएले गत आइतबार भएको खेलमा बर्नलेमाथि २–१ को जित हासिल गर्ने क्रममा रेफ्री जोन मोस र फोर्थ अफिसियल एन्टोनी टेलरमाथि अभद्र व्यवहार गरेपछि उनलाई चार खेलमा मैदान प्रवेशमा प्रतिवन्ध लगाइएको हो ।
 
विंगरले खेल सकिए लगत्तै गल्ती स्वीकारे पनि उनलाई चार खेलको प्रतिवन्धका साथै २५ हजार पाउण्ड जरिवाना गरिएको हो । आर्सनलले यसबारे कुनै अपील नगर्नेसमेत जनाएको छ ।
 
यो कार्वाहीसंगै फ्रेन्च प्रशिक्षक विंगरले शनिबार एफए कप फुटबलको खेलमा साउथह्याम्पटनविरुद्ध देखिने छैनन् ।
 
त्यसैगरी बाँकी तीन खेल प्रिमियर लिगका हुनेछन् । उनी वाटफोर्ड, चेल्सी र हलसिटी विरुद्धको खेलमा देखिने छैनन् ।  
The Arsenal boss clashed with fourth official Anthony Taylor during the win over Burnley
Wenger seemed to push the fourth official as Taylor insisted he leave the touchline
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ