डर्बिसायर । हलिउड लिजेन्ड सर जोन हर्टको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरपीडित ‘दि एफिफेन्ट म्यान’ हर्टलाई सन् २०१५ को अक्टोवरमा क्यान्सर नदेखिएको रिपोर्ट दिइए पनि त्यसपछि प्यान्क्रिएटिक क्यान्सर देखिएको थियो ।
दुई पटकका अस्करका मनोनित हर्ट ह्यारी पोर्टर अभिनेतासमेत हुन् ।
चलचित्रको पर्दामा छ दशकबढी देखिएका हर्टले चार पटक विवाह गरेका थिए । डर्बीसायरमा जन्मिएका हर्ट अवार्डका धनी हुन् । उनले गोल्डेन ग्लोब र चार वटा बाफ्टा अवार्डसमेत जितेका थिए ।
उनलाई सन् २०१२ मा ब्रिटिश एकेडेमीले लाइफटाइम अचिभमेन्ट अवार्डसमेत दिएको थियो ।
उनलाई बायोपिक र ज्याकीका लागि अस्कर अवार्डमा मनोनित गरिएको थियो ।