arrow

माइकल ज्याक्सनको मृत्यु कालगति नभइ‘हत्या’!

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
michael-jackson-daughter-paris.jpeg
एजेन्सी । मृत्युको ८ बर्ष पछि पप गायक माइकल ज्याक्सनको छोरीले ठुलो  खुलासा गरेकी छन् । छोरी पेरिस ज्याक्सनले बुवाको  षड्यन्त्र पुर्वक हत्या गरिएको   दावि गरेकी छन् । बेलायतको  वेबसाइट ‘इन्टीपेन्डेन्ट डट का डट यूके’ का अनुसार १८ बर्षीय  पेरिसले  उनको  बुवाको हत्या पुरै तयारीको साथ गरिएको बताएकी हुन् ।
 
उनका अनुसार केहि मानिस  ज्यान लिन चाहेको ज्याक्सनले संकेत दिएका थिए  । 
पेरिस भन्छिन्-  'बुवा माइकल ज्याक्सनले मलाई यस कुराको संकेत गर्नु भएको थियो । साथै  केहि मानिस  पछ्याउन थालेको र आफुलाई मार्न चाहेको बताउनु भएको थियो ।
 
 पेरिसलाई यस कुराको विश्वास छ कि उनको बुवाको हत्या भएको हो । उनले भनिन् सबै  संकेतले र माइकलका प्रशंसक,परिवार पनि जान्दछन् कि उनको हत्या भएको हो ।
पेरिसले भनिन्, बुवा  माइकलले भनेका थिए ती मानिसहरुले कुनै समय उनको हत्या गर्न सक्नेछन् ।  गायकको को  हत्या गर्न कसले चहान्थ्यो भन्ने प्रश्नमा उनले व्यक्ति विशेषको नाम नलिइ ज्याक्सनको शत्रु रहेको बताइन् । 
 
पेरसिका अनुसार, यो  शतरंज (चेस) खेल जस्तै हो र  म शतरंज खेल्ने कोशिश गर्दै छु । यस बिषयमा अहिले यतिनै भन्न सक्छु ।
 
माइकल ज्याक्सनको निधन सन् २००९ मा अत्यधिक औषधिको सेवनका कारण भएको थियो ।  ज्याक्सनको निजी चिकित्सक कनराड मरेलाई अदालतले गैह्र जिम्मेवार ठहराउदै  नोमेम्बर २०११ मा   चार बर्षको  जेल सजाय सुनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ