arrow

आहा ! रारा गोल्डकपको उपाधि मनाङलाई, सहारासँग लियो बदला

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
aaha--rara-and-Sahara.jpeg

कास्की । आहा रारा गोल्डकप फुटबलको १५ औं संस्करणको उपाधि मनाङ–मस्र्याङ्दी नै जितेको छ । साविक विजेता मनाङले लगातार दोस्रोपटक उपाधि जितेको हो  । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गर्दै मनाङले उपाधि कब्जा गरेको हो ।

मनाङलाई उपाधि दिलाउन ७०औं मिनेटमा कमल श्रेष्ठले गरेको गोल पर्याप्त भयो । पाँचौं पटक आहा रारा गोल्डकप जितेको मनाङले  १२औं संस्करणमा फाइनलमा सहारासँग १–० ले भोगेको हारको बदला समेत लिएको छ ।

तीन पटक फाइनल पुगेको सहराले जम्मा एक पटक उपाधि जितेको छ । सहारा सेमिफाइनलमा आर्मीलाई हराउँदै फाइनल पुगेको थियो भने, मनाङ संकटालाई हराउँदै फाइनलमा पुगको हो । जितसँगै मनाङले ५ लाख १ हजार एक र उपविजेता सहाराले २ लाख ५१ हजार एक रुपैयाँ पुरस्कार पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ