arrow

नेपाल, भारत र बङ्लादेशमा पानीको अवस्था बुझ्न भ्रमण टोली

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
waterfall-beauty-lets-explore-lets-get-lost.jpeg
नवलपरासी । नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ । तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे छलफल गर्नेछन् । 
 
आगामी फागुन ५ गतेदेखि नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका पानीसँग सम्बन्धित १५ सरोकारवालाको सहभागिता हुनेछ । 
 
करिब १५ दिनसम्म तीनै देशमा पुगी टोलीले एक अर्काको देशको जल अवस्थाबारे छलफल गर्ने भ्रमण टोलीमा सहभागी हुने गण्डक नदी नियन्त्रण सङ्घर्ष समिति, नवलपरासीका सचिव दूधनाथ गुप्ताले जानकारी दिए । 
 
सो टोलीमा प्रत्येक देशबाट एक एकजना एक्सन एडका प्रतिनिधि, जलको क्षेत्रमा काम गर्ने निकायबाट एकजना र अन्य तीन तीनजना जल अभियानकर्मी रहने छन् । सो भ्रमणका लागि एक्सन एडले आर्थिक सहयोग गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ