arrow

भारत इङल्याण्ड टी–२० क्रिकेट, दोस्रो खेल भारतलाई

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
india-crieket.jpeg
नागपुर । भारत र इङल्याण्डबीचको टी–२० क्रिकेटमा तेस्रो तथा अन्तिम खेल नै निर्णायक हुने भएको छ । पहिलो खेल इङल्याण्डले तथा दोस्रो खेल भारतले जितेसंगै तेस्रो खेलले नै श्रृंखलाको आधार तय गर्नेछ । 
 
नागपुरमा भएको दोस्रो खेलमा रोमाञ्चक जित नजिक पुगेर पनि इङल्याण्ड ५ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको भारतले राहुल लोकेशले ४७ बलमा २ छक्काको मद्धतले बनाएको ७१ रनबाट ८ विकेटको क्षतिमा १४४ रन बनायो ।
 
मनिश पाण्डेले ३० तथा विराट कोहलीले २१ रन बनाए । अरु खेलाडीले दोहोरा अंक जोड्न सकेनन् । क्रिस जोर्डनले ३ विकेट लिए । 
 
प्रतिउत्तरमा उत्रिएको इङल्याण्डले मध्यक्रमको ब्याटिङ राम्ररी चले पनि अन्तिम ओभरमा दुई विकेट गुमाएपछि जित नजिक पुगेर पनि हारको सामना गरेको हो । 
 
जो रुट र बेन स्टोक्सले समान ३८ रन बनाए पनि टिमले जितेन । आशिष नेहराले ३ विकेट लिए । अन्तिम ओभरमा २ विकेट लिएर भारतलाई जिताएर जसप्रित बुमराह म्यान अफ द म्याच भए । 
 
निर्णायक खेल बुधबार बैंगलोरमा हुनेछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ