arrow

संजयलाई कोशी ग्रुपको सम्मान

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
samman-pandit.jpeg
काठमाडौं । अन्टारटिकाको अग्लो शिखर तथा चर्चित पर्बत माउन्ट रजम्यान आरोहण  गरेका  विश्व पर्वतारोही संजय पण्डितलाई सोमबार कोशी ग्रुपले  २ लाख १० हजार सहित सम्मान   गरेको छ | 
 
ग्रुपका अध्यक्ष तथा पूर्व प्रहरी नायब उपरिक्षक गोबिन्द थपलियाले   उक्त रकम बराबर चेक तथा सम्मान पत्र खादा लगाएर सम्मान गरेका थिए |  संजयले सगरमाथा मनास्लु सहित बिस्वका १०विश्व शिखर हरु सफलतापुर्बक आरोहण गरेका छन् | पण्डितले अफ्रीकाको शिखर किलिमन्जारो र अस्ट्रेलिया को सिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए |
 
 पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुन् | काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष थपलियाले नेपाललाई आरोहणको माध्यमबाट अन्तरास्ट्रिय क्षत्रमा चिनाउन अहम भूमिका खेलेको हुनाले उनको साहसलाई  उच्च  मुल्याकन गर्दै कोशी ग्रुपले सम्मान गरेको बताए |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ