arrow

सय करोडको क्लबमा शाहरुखको 'रईस'

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
saharuk.jpeg
एजेन्सी । बलिउडका किंग खान  शाहरुखको चलचित्र ‘रईस’ सय करोडको क्लबमा  प्रवेश गरेको छ । चलचित्रको निर्देशन  राहुल ढोलकियाले गरेका हुन् ।   चलचित्रले साताको अन्त्यसम्ममा ९३.२४ करोड भारतीय रुपैया कमाएको थियो । यद्यपि सोमबारको कलेक्सन भने सार्वजनिक गरिएको छैन ।  
 
'रईस' ले आइतबार १७.८ करोड कमायो भने  शनिवार चलचित्रले १५.६१ करोड रुपैया कमाएको थियो । चलचित्रमा  शाहरुखसँगै माहिरा खान र नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा रहेका छन् ।
 
चलचित्रले रिलजको दिन २०.१४ करोड रुपैया कमाएको थियो । त्यस्तै दोस्रो दिन २६.३० करोड रुपैया र तेस्रो दिन १३.११ करोड रुपैया कमायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ