arrow

होटलको जग खन्दा सडक सिध्याउने कम्पनी डरले थर्कमान, १५ दिनमा सडक तैयार गर्ने

संसदीय समितिले सम्झौताको प्रतिलिपि झिकायो

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
HiltonHotelnew.jpeg

काठमाडौं । काठमाडौंको नक्सालमा शंकर ग्रुप र अन्तर्राष्ट्रिय स्तरको प्रसिद्ध होटल हिल्टनको सहयोगमा बन्न लागेको पाँच तारे होटलको जग खन्ने क्रममा भासिएको सडक र होटल निर्माण गर्नेहरुको बद्मासीबारे संसदीय समितिले चासो देखाएको छ ।

होटल बनाउन अनुमति भन्दा बढी गहिराइमा गएर खन्दा सडक भासिएको र होटल बनाउनेहरुले छिमेकीलाई पनि क्षति पुर्‍याएकाे, आवागमन अवरुद्ध भएको, त्यो वरपर व्यापार व्यवसाय संचालन गरेर बसेकाहरुलाई पनि असर गरेको गुनासाहरु आएपछि आफुहरु अनुगमनमा निस्केको संसदको सुशासन तथा अनुगमन समिति सभापति मोहनसिंह राठौरले हाम्राकुरालाई जानकारी दिए ।

उनले भने, ‘७–८ जना हामी समितिका साथीहरु थियौं । हाम्रै सचिवालयका कर्मचारीहरु पनि अनुगमनमा थिए ।’ निर्माण पक्षमा मान्छेहरुले हामीलाई भएको घटनाक्रम बताए । सभापति राठौरले अगाडि भने, ‘संचारमाध्यममा अनुमति लिएको भन्दा बढी गहिराइमा गएको भन्ने कुराहरु आए । स्थानीयलाई हिडडुल गर्नै समस्या भयो, सरकार मुख दर्शक भो भन्ने कुराहरु पनि आए । लामो समय बाटो बन्द हुँदा त्यहाँ वरपर निकै असर परेको भन्ने कुरा आएपछि हामीले सबैलाई सोध्नै पर्ने भो ।’   

महानगरका कर्मचारीलाई सोध्दा जमिन मुनि २ तलाको अनुमति लिएको तर, त्यो भन्दा गहिराइमा गएको बताएको सभापति राठौरले जानकारी दिए । उनले भने, ‘तर, निर्माण पक्षले अनुमति लिए अनुसार नै काम गरेको भन्यो । वरपरका स्थानीयलाई सोध्दा निर्माण पक्षले बलमिच्याई गरेको भनेर भने ।’

निर्माण पक्षले एउटा कुरा स्वीकारेको छ !
सभापति राठौरले कुरा गर्दै जाँदा भने, ‘होटल निर्माणका क्रममा पर्ने पर्यावरणीय असरबारे अध्ययन नगरेको र कुनै विवरण नबनाएको र इअाइए नगरिएकाे भेटियो । हाम्रा साथीहरुले त्यही विषयलाई लिएर कसे, वातावरणीय प्रभावबारे केही सोच्चु भएको छ ? जवाफमा निर्माण पक्षले हैन इअाइएबारे कुरा मात्रै भइरहेकाे बतायो ।’

व्यस्त स्थान तथा बाक्लो बस्ती भएको ठाउँमा ठूलो भवन निर्माण गर्ने क्रममा खनिएका खाल्डो तथा निर्माणका क्रममा चलेका विद्युतीय मेसिनका कारण वरपरको वस्तीलाई प्रत्यक्ष असर परेको गुनासो स्थानीयले गरेका छन् ।

यस्तै, निर्माण पक्षले आवश्यक परे असर पुगेकालाई जति क्षतिपूर्ति दिन सकिने समते बताएको राठौरले जानकारी दिए । राठौरले भने, ‘पानी आउने पट्टि र नआउने पट्टी एउटै खालको मूल्याङ्कन भएको जस्तो देखियो । पर्याप्त मूल्याङ्कन भएको जस्तो देखिएन ।’
सडक १५ दिनमा गाडी गुड्ने बनाउने भनिएको छ

होटल निर्माण पक्षले सडक १५ दिन भित्र गाडी ओहोर दोहोर गर्ने बनाउने बताएको सभापति राठौरले जानकारी दिए । अहिले मेसिनरी पक्की वाल बनिरहेको छ, उनले भने, ‘१५ दिनमा गाडी हिड्ने बनाउने प्रतिवद्धता आएको छ ।’ काम गर्ने कन्सलटेन्ट कम्पनीले प्राविधि त्रुटी गरेको जस्तो देखिन्छ ।

समितिले अरु केही गर्दैन ?
राठौरले भने, ‘समितिले निर्माण सम्झौताको प्रतिलिपि ल्याएको छ । अध्ययन हुन्छ । आवश्यक परे निर्माण पक्ष, महानगर र सडक विभागलाई बोलाएर प्राविधिक कुरा के हो ? भन्ने छानविन हुन्छ ।’ समितिले बाटो बनेर जनजीवन सहज होस्, छिमेकीको घरमा हानी नोक्सानी भएकोबारे सोचियोस्, त्यहाँ अवरुद्ध भएका व्यवसाय संचालनमा आउन् भनेर चासो राखेको हो । सम्बन्धिन निकायले ध्यान नदिए समितिमा बोलाएर छानविन हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ