arrow

धुलो न्यूनीकरण विधि अपनाएर सडक बनाउन सर्वोच्चको आदेश

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
supreme-court-nepal.jpeg
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको सडक निर्माण गर्दा धुवाँधुलो न्यूनीकरण गर्ने विधि अपनाएर मात्र निर्माण गर्न सम्बन्धित निकायलाई अन्तरिम आदेश दिएको छ । 
 
न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिकालाई सो आदेश दिएको हो । 
 
आदेशमा तत्काल धुलो न्यूनीकरण भए÷नभएको निरीक्षण र अनुगमन गर्न÷गराउनसमेत आदेश दिइएको छ । 
 
अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार उपत्यकामा सडक निर्माणका कारण वायु प्रदूषण बढेको जनाउँदै अदालतमा रिट निवेदन दायर गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ