arrow

१० मेगावाटको दरमखोला हाईड्रोपावरको बुधबार शिलान्यास, तीन वर्षमा पूरा गर्नुपर्ने

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
hydor.jpeg
बाग्लुङ । धेरै लामो समयको कसरतसँगै बाग्लुङ रिघा मनेवापाटा मा १० मेगावाट उत्पादनको काम सुरु हुने भएको छ। सबै सरकारी प्रक्रिया टुङ्गाईसकेर यही माघ १९ गते  पावरहाउस शिलान्यास हुन लागेको हो। 
 
दरमखोला हाईड्रो ईनर्जी प्रालि नाम रहेको आयोजनाबाट तीन बर्षभित्रमा १० मेगावाट बिजुली उत्पादनको लागि काम अगाडि बढ्ने सुनिश्चित भएसँगै त्यो क्षेत्र आसपासका स्थानिय खुशी भएका छन् । 
 
जनताको पानी र जनताको लगानी भन्ने सरकारको नारा रहेको छ। यसैबीच त्यो क्षेत्रबाट  प्रवासमा रहेका युवाहरुले आयोजना निर्माणको निम्ति आर्थिक संकलन जुटाउन प्रायः समिति नै बनाएर जुटेका छन् ।
 
प्रवासमा आर्थिक संकलन गर्न गैरआवासीय नेपाली संघ युरोपका निवर्तमान युरोप उपसंयोजक सोम सापकोटा संरक्षक रहने गरी जापानमा ब्यबसायी रहेका शालीकराम सापकोटा अन्तराष्ट्रिय आर्थिक संकलन समितिका संयोजक चयन भएका छन्। 
 
त्यस्तै प्रचार प्रसारसहित युवाहरुलाई आर्थिक लगानीमा संलग्न बनाउन भूमिका खेल्ने गरी जापानमै रहेका ब्यबसायी तिर्थनाथ सापकोटालाई प्रचार प्रसार संयोजक तोकिएको छ। 
 
रिधा, मल्म ,काँडेबास ,वामी,अर्लाङ्कोट गरी छुटाछुटै ईन्भेस्मेन्ट कम्पनि स्थापना गरी केही बर्ष पहिले देखीनै आयोजना अगाडि बढेको थियो। 
 
सबै ईन्भेस्मेन्ट कम्पनीले ६–६ करोड जम्मा गर्ने गरी काम सुरु गरिसकेका छन्। कम्पनीमा संस्थापक सेयर बढीमा १ जनाले २० लाखसम्म लगानी गर्न पाउने छन् । 
 
१०० जना भन्दा बढी स्थानीय युवाहरुले प्रवासबाटै संस्थापक सेयरमा लगानी गरिसकेका छन् अहिले संस्थापक सेयर र लगानी कम्पनीले मात्र काम अगाडि बढाएका छन्। 
 
१अर्ब ८२ करोडको लगानीमा तीन बर्ष मा सकि सक्ने यस्ता यो आयोजनाले सरकारको उज्यालो नेपाल अभियानमा ठुलो साथ दिने छ । 
 
आयोजना निर्माण को लागि आर्थीक संकलन गर्न जनवरी १६ मा जापानको टोकीयो स्थीत सिनओकुबो मा त्यो क्षेत्रबाट जापान आएका युवाहरुले समिती निर्माण गरेका छन्। 
 
अन्य देशहरुबाट पनि युवाहरुले अनलाईनबाट नै सहभागिता जनाएका थिए। बैठकले विभिन्न देश र देश भित्र पनि क्षेत्रमा संयोजक तोकेको छ। 
 
आयोजना निर्माणमा प्रत्यक्ष असर पुग्ने ५ गाबिसका युवाहरुनै बैठकमा प्रत्यक्ष र अनलाईनबाट सहभागी भएका थिए।
 
सर्वसाधारणको लागि भने तत्काल लाई सेयर खुला गर्ने कुनै योजना रहेको छैन। 
 
आयोजनामा दरमखोलामै २ मेघावाट बिद्युत उत्पादन गरेको सयपत्री कम्पनी लिमिटेडले पनि लगानी गर्ने छ।
 
यस दरमखोला हाईड्रो ईनर्जी कम्पनी ले जनताहरुको लागि अतिपर्भाबितलाई क्षतिपूर्ति दिईनेछ। पर्भाबितलाई रोजगारिको ब्यबस्था मिलाऊनेछ। स्थानियलाई १०५ सियर खुल्ला गरिने छ ।
 
संघसंस्थाहरुको लागि धन्यबादसहित उच्चस्तरको सम्मानको ब्यबस्था मिलाऊनेछ। 
 
विशेष प्रभावित क्षेत्रका सरकारी कार्यालयका लागि यस हाईड्रोले उत्पादन सुरु भएपछि आर्थिक प्याकेज बनाऊने छ।
 
विद्युत आयोजना सुरुहुनलागेको हुनाले आयोजना कामको सुरूवात र सम्पन्न गर्नको लागी सरसल्लाह समिति गठन, आर्थिक ,बौद्धिक , आर्थिक पारदर्शिता ,कार्य सम्पादन र प्रचारप्रसार लगायत समिति गठन गर्ने निर्णयसमेत भएको जनाइएको छ । 
 
यस पावरहाउसबाट निस्केको बिजुली केन्द्रीय प्रसारण लाईनमा जोडिने छ । यसबाट निकालिएको पावर हरिचौर सबस्टेसनसम्म कम्पनिले जोड्नुपर्ने छ । स्थानियलाई बिक्री गरिने छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ