arrow

क्याम्पसमा राष्ट्रिय झन्डा गाड्न गएको अखिलको क्रान्तिकारीसँग झडप

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
akhil-news-aa.jpeg

काठमाडौँ । अनेरास्ववियुले मंगलबार देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ । स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए ।

अखिलले उपत्यकाका प्रमुख क्याम्पससहित देशभरिका क्याम्पसमा झन्डा गाडेको हो । सचिव पराजुलीले अहिले देशमा विखण्डनकारी सल्बलाइरहेकाले विद्यार्थीलाई राष्ट्रिय भावनामा जागृत गराई विद्यार्थीलाई राष्ट्रियताप्रति ऐक्यबद्ध बनाउन क्याम्पसमा झन्डा फहराइएको बताए ।

यसैबीच, झन्डा गाड्ने विषयमा सरस्वती क्याम्पस लैनचौरमा झडप भएको छ । झन्डा गाड्ने विषयमा अखिलका क्याम्पस एकाई अध्यक्ष शङ्कर गौतमलाई अखिल क्रान्तिकारीले कुटपिट गरेको सचिव पराजुलीले बताए ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले कुटपिटमा आफ्नो सङगठनको संलग्नता नभएको स्पष्ट पार्नुभएको छ । ‘पढाइरहेको बेला कक्षा कक्षामा गएर उहाँहरुले झन्डा गाड्ने कार्यक्रममा सहभागी हुनुहोस् भनेर उर्दी जारी गर्नु भयो, उनले भने, ‘त्यसैक्रममा पढिरहेका विद्यार्थीले प्रतिवाद गर्दा झडप भएको हो ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ