arrow

सचिवले सरकारी गाडी सिक्दा आँपको रुखमा हाने पछि

logo
सीता डोटेल,
प्रकाशित २०७३ माघ १८ मंगलबार
gadi-sikda.jpeg
दैपसं रामपुर पाल्पा । रामपुर नगरपालिकाको सरकारी गाडीको चरम दुरुपयोग भएको छ । रामपुर नगरपालिकाका वडा सचिवमदन पराजुलीले गाडी सिक्न नगरपालिकाको लु १ झ ३१९ नम्बरको महिन्द्रा गाडी प्रयोग गरेकोमा उनले रुखमा गाडी ठोक्याएका छन् । नगरपालिका अगाडीको खुला चौरमा गाडी सिकेका वडा सचिवपराजुलीले चौर छेउमा रहेको आँपको रुपमा हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
 
तर नगरपालिकाका कार्यकारी अधिकृत ठानेश्वर पराजुलीले चालकले नै चलाउदा समयमा दुर्घघना भएको बताए । नगरपालिकाका सवारी चालक शंकर पौडेलले गाडी आफैले चलाउदा ठोक्किएको बताएका छन् । बजारको पछाडिको खुला चौरमा भएको सो घटनाका प्रत्यक्षदर्शीले भने कर्मचारीको दवावमा आएर सवारी चालकले कुरा फेरेको बताएका छन् । कार्यालय समयभन्दा केही अघि सवारी चालक पौडेल पनि सोही गाडीमा भएपनि गाडी वडा सचिवपराजुलीले चलाउदै गर्दा तिब्र गतिमा गएर रुखमा ठोक्किएको बताएका छन् । मंगलवार नै सो गाडी मर्मतका लागि बुटवल लगिएको नगरपालिकाका एक कर्मचारीले बताएका छन् ।
 
आपको रुखमा ठोक्किन पुगेको गाडीको अगाडीको भागमा क्षति पुगेको छ । नगरपालिकाका सवारी चालक पौडेलका अनुसार गाडी मर्मत गर्न झण्डै १ लाख लाग्नेछ ।मंगलबार कार्यालय बिदा नभएपनि पराजुलीले मौका छोपेर गाडी सिक्न नगरपालिकाको सरकारी गाडी प्रयोग गरेका थिए । नगरपालिकाको वडा नम्बर १२ लाई खुला दिसामुक्त घोषणा कार्यक्रम गर्न जानुपर्ने भएपनि उनले त्यसलाई वेवास्ता गर्दै कार्यालय अगाडीको चौरमा गाडी कुदाएका थिए ।
 
जनतालाई छिटो छरितो र सेवा सहज बनाउन सरकारले नगरपालिकाकालाई सवारी साधन दिएकोमा रामपुर नगरपालिकाका कर्मचारीले सवारी सिक्न प्रयोग गरेका छन् । यस घटनाले सरकारी साधनको चरम लापरवाही भइरहेको पुष्टि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ