arrow

तुलसीपुर महोत्सवमा ऊँट र चौंरीको आकर्षण, एकैदिन ६० लाखको कारोबार

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
camal.jpeg
तुलसीपुर । तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवम् औद्योगिक कृषि मेला—२०७३ मा मरुभूमिमा पाइने ऊँट र हिमालमा पाइने चाँैरी गाई प्रमुख आकर्षणका रुपमा रहेका छन् । 
 
प्रदर्शकले ऊँटका लागि हिटर र चौँरी गाईका लागि एसी, कुलर तथा पङ्खाको व्यवस्था गरेर मौसम अनुकूल बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक विमल रिजालले जानकारी दिए । 
 
उनका अनुसार मङ्गलबार पनि ऊँट, चौँरी गाई, अस्ट्रिचलगायतका पशुपक्षी हेर्नेको ठूलो भीड लागेको थियो । 
 
मरुभूमि तथा हिमालमा पाइने जनावर तथा पशुपक्षी महोत्सवमै हेर्न पाएपछि दर्शकले खुसी व्यक्त गरेका छन् । 
 
ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष ललितबहादुर वलीले मरुभूमि र हिमालमा मात्र पाइने पशुपक्षी महोत्सवमा अवलोकन गर्दा एकदमै खुसी महसुस भएको 
प्रतिक्रिया दिए । 
 
यसैबीच मङ्गलबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ भने राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार हेमन्त शर्मा, नेत्र भण्डारी, केशव सापकोटा, अस्मिता बस्नेत, वनकुमारी सुनार, रेश्मा पुन, बिन्दु परियार, झरना रिसाललगायतका कलाकारले भरपुर मनोरञ्जन दिए । 
 
त्यसैगरी, महोत्सवमा रहेका कक्षमा पनि किनमेल गर्ने तथा बाल उद्यानमा रमाइलो गर्नेको समेत उल्लेख्य भीड लागेको छ । 
 
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म बाल उद्यानमा पुगेर भरपुर मनोरञ्जन लिएको बाल उद्यान संयोजक यज्ञबहादुर केसीले जानकारी दिए । 
 
त्यस्तै, यस क्षेत्रको कृषिको प्रवद्र्धन, किसानलाई व्यावसायिक बनाउने, पर्यटन र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव स्थलमा राखिएकामध्ये १० भन्दा बढी कक्षमा कृषि उपजका सामान राखिएको छ । 
 
महोत्सवलाई सभ्य, पारदर्शी र भव्य बनाउनका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले सबै तह र तप्कालाई परिचालन गरेको छ । 
 
महोत्सवमा मङ्गलबार मात्रै रु ६० लाखभन्दा बढीको कारोबार भएको आर्थिक संयोजक ललितजङ्ग शाहले जानकारी दिए । 
 
तुलसीपुरस्थित अरनिको मैदानमा जारी महोत्सवमा पाँचलाख दर्शकलाई सहभागी गराउने, रु २० करोडको आर्थिक कारोबार गर्ने र त्यसबाट रु एक करोड बहुउद्देश्यीय सभागृह निर्माणका लागि बचत गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ