arrow

बान की मुन भन्छन् – ‘म दक्षिण कोरियाको राष्ट्रपतिको उम्मेदवार होइन’

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
ban.jpeg
सोल । संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पारेका छन् । आफ्नो मातृदेशमा भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पारेका हुन् । 
 
देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले बताए । 
 
उनले आफ्नो यो निर्णयबाट आफ्ना सुभेच्छुकलाई चित्त दुःखे पनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने जानकारी दिए । 
 
उनले अहिलेसम्म कहिल्यै पनि आफू राष्ट्रपतिका लागि उम्मेदवार हुने औपचारिक रुपमा कहीँ बताएका छैनन् । 
 
उनले आयोजना गरेको पत्रकार सम्मेलन कुनै पूर्वतयारी बिना भएको थियो । उनी गत जनवरी १२ मा मात्रै आफ्नो देश दक्षिण कोरिया फर्किएका हुन् । 
 
मुनले सम्हालेको संयुक्त राष्ट्रसङ्घको सबैभन्दा माथिल्लो पदको दोस्रो पाँचवर्षे कार्यकाल गत वर्षको अन्तिममा सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ